काठमाडौँ महानगर र स्थानीय सरकारको अन्तर्राष्ट्रिय सञ्जालका अधिकारीबीच भेट « Khabarhub

काठमाडौँ महानगर र स्थानीय सरकारको अन्तर्राष्ट्रिय सञ्जालका अधिकारीबीच भेट


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्थानीय सरकार तथा शहरहरुको अन्तरराष्ट्रिय सञ्जाल एशिया प्यासिफिकका अधिकारीहरुले काठमाडौँ महानगरको शहरी व्यवस्थापनमा सहकार्य गर्न इच्छा देखाएका छन् ।

शनिबार सञ्जालका एशिया प्यासिफिक अध्यक्ष अशोक व्याञ्जु, महासचिव डा. बर्नाडिया इरावती जन्द्रादेवी, अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख डिल्लीराम बास्तोला र काठमाडौँ महानगरकी उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतबिच अन्तरदेशीय सहकार्यमा काठमाडौँ महानगरका विषयमा कुराकानी भएको हो ।

त्यस क्रममा सञ्जालका अध्यक्ष व्याञ्जुले, काठमाडौँ देशको मुहार भएकोले यसलाई थप उज्यालो बनाउन सहकार्य उपयुक्त हुने बताए ।

‘काठमाडौँमा गरिएका अभ्यासले अन्य सरकारमा पनि लाभ पुग्ने भएकोले काठमाडौँसँग सहकार्य गर्ने हाम्रो प्रस्ताव हो’ उनले भने ।

त्यस क्रममा महानगरकी उपप्रमुख खड्गी श्रेष्ठले सञ्जालले शहरी वातावरण सुधारका लागि मानव मलमुत्र व्यवस्थापनमा गरेको कामबाट आफू प्रभावित भएको बताउँदै अन्य शहरको अनुभव काठमाडौँले सिक्न सक्ने बताइन् ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले, अन्तरनगर सिकाइबाट नागरिक तहमा लाभ प्रदान गर्न महानगरले राष्ट्रिय अन्तरराष्ट्रिय नगरहरुसँग भगिनी सम्बन्ध स्थापना गरेको उल्लेख गरे ।

सञ्जालको आठौँ सम्मेलन भदौ २२ गतेदेखि २४ गतेसम्म काठमाडौँमा सञ्चालन भएको थियो ।

सम्मेलनमा स्थानीय सरकार प्रमुखहरुले कोभिड व्यवस्थापनमा आफूले गरेको प्रयास र अब चुनौतीका विषयमा प्रस्तुति गरेका थिए ।

सञ्जालमा विश्वभरका २ लाख ४० हजार बढी शहर र एशिया प्यासिफिक क्षेत्रबाट ७ हजार बढी शहरहरु सदस्य छन् ।

यसमा काठमाडौँ महानगरसहित नेपालका १० वटा पालिका सदस्य छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ११ : ४५ बजे

कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार

जुम्ला– ग्रामीण क्षेत्रमा टेलिफोन नेटवर्कको सुदृढीकरण र दुर्गम बस्तीमा सञ्चार

मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु

काठमाडौं– बुढानीलकण्ठ नगरपालिका–७ गोल्फुटार चोकमा आज भएको मोटरसाइकल दुर्घटना परि

नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. शेर्पा विजयी

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको निर्वाचनबाट उपाध्यक्ष पदमा डा. कुञ्जाङ शेर्पा विजयी

यातायात कार्यालयबाट बाह्र करोड बढी राजस्व संकलन

काँक्रेविहार– भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था

मेलबर्नका विभिन्न सपिङ सेन्टरमा सुरक्षा कारबाहीको क्रममा सय भन्दा बढी पक्राउ

एजेन्सी– अस्ट्रेलियाको मेलबर्नका विभिन्न सपिङ सेन्टरहरूमा अपराध विरुद्धको कारबाहीको पहिलो