एमाले संसदीय दलको बैठक जारी (लाइभ) « Khabarhub

एमाले संसदीय दलको बैठक जारी (लाइभ)


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक नयाँबानेश्वरस्थित संसद भवनमा जारी छ । यो बैठकले आइतबारको संसदको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउने छ ।

बैठकमा पूर्वअर्थमन्त्री विष्णु पौडेलले आफूले ल्याएको बजेटमा रहेका के के कार्यक्रमहरु कटौती गरिए भन्ने विषयमा ब्रिफिङ गरेका छन् । उनले आफूले ल्याएका योजना अहिले देउवा सरकारले बजेट अभाव भन्दै कटौती गरेको बैठकमा जनाएका छन् ।

एमालेले देउवा सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको चालु आर्थिक वर्षको बजेटमा आपत्ति जनाइसकेको छ । शनिबारको स्थायी कमिटी बैठकले सल्लाहनै नगरी छापामार शैलीमा बजेट ल्याएको निस्कर्ष निकालेको थियो ।

यस्तै आइतबारको संसदीय दलको बैठकले संसदमा एमाले सांसदहरुको उच्छृंखल व्यबहारबारे पनि छलफल हुनेछ । विरोध गर्दा पनि संसदीय सीमामा रहेर विरोध गर्नुपर्ने स्थायी कमिटी बैठकले निर्णय गरेपछि आइतबार आफ्ना सांसदहरुलाई विरोधको स्वरुपबारे जानकारी गराउन संसदीय दलको बैठक बोलाएको हो ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  १२ : ३१ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी