लोसपा शीर्ष नेता र एमसीसी उपाध्यक्ष फातिमाबीच भेटवार्ता « Khabarhub

लोसपा शीर्ष नेता र एमसीसी उपाध्यक्ष फातिमाबीच भेटवार्ता


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताहरूसँग भेटवार्ता गरेकी छन् ।

चार दिने नेपाल भ्रमणको अन्तिम दिन आइतबार उनले लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग नक्सालस्थित होटेल मेरियटमा भेटवार्ता गरेकी हुन् ।

नेपाल बसाइबारे पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी भइरहँदा उनले ठाकुर र महतोसँग भेटवार्ता गरेकी हुन् ।

गत बिहीबार काठमाडौं आएकी उनले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराईसहितका नेताहरूसँग भेटवार्ता गरेकी थिइन् ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  १ : १४ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी