लोसपा शीर्ष नेता र एमसीसी उपाध्यक्ष फातिमाबीच भेटवार्ता « Khabarhub

लोसपा शीर्ष नेता र एमसीसी उपाध्यक्ष फातिमाबीच भेटवार्ता


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताहरूसँग भेटवार्ता गरेकी छन् ।

चार दिने नेपाल भ्रमणको अन्तिम दिन आइतबार उनले लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग नक्सालस्थित होटेल मेरियटमा भेटवार्ता गरेकी हुन् ।

नेपाल बसाइबारे पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी भइरहँदा उनले ठाकुर र महतोसँग भेटवार्ता गरेकी हुन् ।

गत बिहीबार काठमाडौं आएकी उनले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराईसहितका नेताहरूसँग भेटवार्ता गरेकी थिइन् ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  १ : १४ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ