चार स्थानीय तह कोरोनामुक्त : मृत्यु हुने ७० | Khabarhub Khabarhub

चार स्थानीय तह कोरोनामुक्त : मृत्यु हुने ७०


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– एक सातादेखि यहाँ कोरोनाका सक्रिय सङ्क्रमित सय तलको अङ्कमा सीमित छन् । यही भदौ २० गते ९७ र २४ गते ९२ रहेकामा शनिबार त्यो सङ्ख्या अझ घटेर ८७ पुगेको छ ।

केही साताअघि सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर सात सय नाघेको थियो । सङक्रमण घटाउन दुई सातासम्म जिल्लाभर कडा निषेधाज्ञा लगाइएको थियो ।

सङ्क्रमण दर घट्दै गएपछि अहिले भने निषेधाज्ञा हटेको छ । स्वास्थ्य कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले सङ्क्रमण स्थिर देखिएको बताए ।

उनका अनुसार पछिल्लो समय परीक्षण पनि घटेको छ । ताराखोला, बडिगाड, निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा सङ्क्रमण शून्य छ । सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी बागलुङ नगरपालिकामा ४९ जना छन् ।

जनस्वास्थ्यका मापदण्ड पालना नगरेमा पुनः सङ्क्रमण फैलनसक्ने चेतावनी चिकित्सकले दिँदै आएका छन् । सङ्क्रमण घटे पनि ढुक्क भएर बस्ने स्थिति नरहेको धवलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले बताए ।

“स्वास्थ्य सुरक्षा सावधानी अपनाउने कुरामा हरेक व्यक्ति स्वयं सचेत र जिम्मेवार बन्नुपर्छ”, उनले भने, “सङ्क्रमणस्थिर भएसँगै अस्पतालमा कोरोनाका बिरामी पनि घटेका छन्, धवलागिरि अस्पतालको आइसोलेशन कक्षमा जम्मा चारजना सङ्क्रमित उपचाररत छन् । सङ्क्रमण उच्च हुँदा दैनिक ३५/४० जनासम्मलाई उक्त अस्पतालमा राखेर उपचार गर्नुपर्ने स्थिति थियो ।

अहिले अवस्था केही सहज छ । अस्पतालमा गम्भीर बिरामी पनि कम छन् । सङ्क्रमितमध्ये ८० जना घरमै एकान्तबासमा छन् ।

यस्तै कोरोना सङ्क्रमणका कारण जिल्लामा ज्यान गुमाउनेको सङ्ख्या ७० पुगेको छ । कोरोना महामारीको पहिलो लहरमा जम्मा ११ जनाको मृत्यु भएकामा गत वैशाखयता शुरु भएको दोस्रो लहरमा ५९ जनाले ज्यान गुमाउनुपरेको छ ।

सो अवधिमा सङ्क्रमित हुनेको सङ्ख्या पनि पहिलो लहरको भन्दा बढी छ । गत वैशाख १ गतेदेखि यता छ हजार ५३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ । जिल्लामा पहिलो पटक विसं २०७६ चैत १५ मा कोरोना सङ्क्रमणको घटना पुष्टि भएको थियो । त्यसयता सात हजार बढीमा कोरोना देखिइसकेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  २ : ३७ बजे

सत्ता समीकरणको विषयमा अहिलेनै बोल्न उपयुक्त हुँदैन : प्रवक्ता महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सत्ता समीकरणको विषयमा

पदाधिकारी बैठकमा देउवाको  ब्रिफिङ – एमालेसँगको कुराकानी सकारात्मक छ

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँगको सम्बन्ध सुमधुर रहेको

बीआरआई अन्तर्गतको परियोजनामा अनुदानमात्रै अघि बढाउनुपर्छ : कांग्रेस

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चिनिँया सहयोग कार्यक्रम बेल्ट एन्ड

न्यून पारिश्रमिकमा नर्सहरुलाई काम गराएकाे पाए मलाई जानकारी गराउनुहोला : स्वास्थ्यमन्त्री

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले निजी अस्पतालहरुले न्यून

भारतले ‘ग्लोबल इन्डिया एआई’ शिखर सम्मेलन २०२४ को आयोजना गर्दै

भारत– भारतले आगामी जुलाई ३ र ४ मा नयाँ दिल्लीमा