प्रतिनिधिसभामा एमाले सांसदहरुको फेरि नाराबाजी, छलफल टुंगोमा पुगेन « Khabarhub

प्रतिनिधिसभामा एमाले सांसदहरुको फेरि नाराबाजी, छलफल टुंगोमा पुगेन


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्नि सापकोटाले एमालेका प्रमुख सचेतकहरुसँग छलफल गरेपछि आइतबार दोस्रो पटक सुरु भएको प्रतिनिधिसभा बैठकमा पनि एमाले सांसदहरुले अवरोध थरेका छन् । उनीहरुले वेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन् ।

पार्टी फुटाउने षडयन्त्र मुर्दाबादको नारा लगाउँदै उनीहरुले नाराबाजी गरिरहेका छन् । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले लगातार बैठक अवरोध गर्दै आएको छ ।

एमालेले बैठक लगातार अवरोध गरेपछि आइतबार सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग छलफल गरेका थिए । सो छलफलमा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए । तर, सो छलफलमा निस्कर्ष ननिस्केपछि एमालेले बैठक अवरोध जारी राखेको हो ।

आइतबार पहिलो पटक बसेको बैठकमा एमालेको अवरोधपछि सभामुखले केही समय बैठक स्थगित गरेर एमालेसँग छलफल गरेका थिए ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  २ : ५२ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी