प्रतिनिधिसभा बैठक मंगलबारसम्मलाई स्थगित « Khabarhub

प्रतिनिधिसभा बैठक मंगलबारसम्मलाई स्थगित


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्नि सापकोटाले एमालेका प्रमुख सचेतकहरुसँग छलफल गरेपछि आइतबार दोस्रो पटक सुरु भएको प्रतिनिधिसभा बैठकमा पनि एमाले सांसदहरुले अवरोध गरेपछि मंगलबारसम्मका लागि बैठक स्थगित गरिएको छ ।

आइतबार दुई पटक बसेको प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो । एमाले सांसदहरुले लगातार नाराबाजी गर्दै वेल घेराउ गरेपछि सभामुख सापकोटाले मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरे ।

आइतबार बैठक चलाउन सभामुख सापकोटाले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई साथमा राखेर एमालेका नेताहरुसँग छलफल गरेका थिए । सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग छलफल गरेका थिए । तर, सो छलफलमा निस्कर्ष निस्केन ।

एमालेले पार्टी विभाजनमा सभामुखको षडयन्त्रमुलक संलग्नता रहेको भन्दै बैठक अवरोध गर्दै आएको छ । आइतबारै बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सभामुखको भूमिका अमर्यादित रुपमा रहेको भन्दै बैठक अवरोध गर्न निर्देशन दिएका थिए ।

गत शुक्रबारको बैठकमा उच्छृंखलरुपमा प्रस्तुत भएका एमाले सांसदहरु आइतबार भने संयमित देखिए । आइतबारको बैठकमा अध्यक्ष ओलीले आफ्ना सांसदहरुलाई सीमामै बसेर विरोध गर्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ३ : १० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्