प्रतिनिधिसभा बैठक मंगलबारसम्मलाई स्थगित « Khabarhub

प्रतिनिधिसभा बैठक मंगलबारसम्मलाई स्थगित


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्नि सापकोटाले एमालेका प्रमुख सचेतकहरुसँग छलफल गरेपछि आइतबार दोस्रो पटक सुरु भएको प्रतिनिधिसभा बैठकमा पनि एमाले सांसदहरुले अवरोध गरेपछि मंगलबारसम्मका लागि बैठक स्थगित गरिएको छ ।

आइतबार दुई पटक बसेको प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो । एमाले सांसदहरुले लगातार नाराबाजी गर्दै वेल घेराउ गरेपछि सभामुख सापकोटाले मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरे ।

आइतबार बैठक चलाउन सभामुख सापकोटाले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई साथमा राखेर एमालेका नेताहरुसँग छलफल गरेका थिए । सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग छलफल गरेका थिए । तर, सो छलफलमा निस्कर्ष निस्केन ।

एमालेले पार्टी विभाजनमा सभामुखको षडयन्त्रमुलक संलग्नता रहेको भन्दै बैठक अवरोध गर्दै आएको छ । आइतबारै बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सभामुखको भूमिका अमर्यादित रुपमा रहेको भन्दै बैठक अवरोध गर्न निर्देशन दिएका थिए ।

गत शुक्रबारको बैठकमा उच्छृंखलरुपमा प्रस्तुत भएका एमाले सांसदहरु आइतबार भने संयमित देखिए । आइतबारको बैठकमा अध्यक्ष ओलीले आफ्ना सांसदहरुलाई सीमामै बसेर विरोध गर्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ३ : १० बजे

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र