ओपोद्वारा ‘बडा दशैँको लहर ओपोको अफर’ योजनाको घोषणा | Khabarhub Khabarhub

ओपोद्वारा ‘बडा दशैँको लहर ओपोको अफर’ योजनाको घोषणा


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व स्तरमै अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले समस्त नेपालीहरुको महान चाड बडा दशैँ २०७८ को शुभ अवसरमा ‘बडा दशैँको लहर ओपोको अफर’, विशेष उपहार योजनाको घोषणा गरेको छ ।

उपहार योजना अन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर ओपोका स्मार्टफोन लगायत आईओटी उत्पादनहरु खरिद गरी योजनामा सहभागिता जनाई विभिन्न आकर्षक उपहारहरु जित्ने अवसर प्राप्त गर्नेछन् ।

‘ग्लोबल कम्पनीका रुपमा ओपोले सधैँ नै स्थानियकरणमा विश्वास गर्दै आइरहेको छ । नेपाल हाम्रालागि विशेष प्राथमिकता बोकेको बजार हो । यहाँको संस्कृति, परम्परा र विविधतामा रहेको सादापन वास्तवमै प्रेरणादायी छ । स्थानीय महान चाड बडा दशैँ, आदर्णिय उपभोक्तासंग खुशी साट्दै मनाउने सोचका साथ हामीले ‘बडा दशैँको लहर ओपोको अफर’ उपहार योजनाको घोषणा गरेका हौँ ।’, ओपो नेपालका ब्राण्ड डिरेक्टर, पियरसन शेनले भने ।

क्याम्पेन अवधिभर कुनैपनि ओपोका उत्पादनको खरिद गरी उपभोक्ताले उपहार योजनामा सहभागिता जनाउन सक्छन् । सहभागिताका लागि उपभोक्ताले, यो लिंकमा मा सिधै लगअन वा क्यूआर कोड स्क्यान गरी क्याम्पेन पेजमा पुगेर त्यहाँ मागिएका जानकारीहरु उपलब्ध गराउनु पर्ने हुन्छ ।

यसरी सहभागीहरु मध्यबाट हरेक हप्ता लक्कि ड्र मार्फत छनोटमा परेका भाग्यशाली विजेताहरुले ओपो एफ१९ प्रो, ओपो एफ१९, ओपो ब्याण्ड, ओपो डब्ल्यू ५१, ओपो डब्ल्यू ११ लगायत अन्य आकर्षक उपहारहरु जित्न सक्नेछन् । विजेताहरुको घोषणा ओपो नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजहरु मार्फत गरिनेछ ।

क्याम्पेन अवधिभर, लक्कि ड्रमा विजेताका रुपमा छनोटमा नपरेका सहभागीलाई स्वतः अर्को लक्कि ड्रका लागि सहभागिताको अवसर प्रदान गरिनेछ । तसर्थ, एकपटक सहभागिता जनाइसकेपछि सहभागीले अन्तिम लक्कि ड्रसम्म जित हात पार्ने अवसर प्राप्त गर्नेछन् । सेप्टेम्बर १२ देखि सञ्चालनमा ल्याइएको यस उपहार योजना अक्टोबर १८, २०२१ सम्म चल्ने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ३ : १६ बजे

मोहन वैद्यको स्वास्थ्यमा चमत्कारिक सुधार, हिँडडुल गर्न सक्ने भए

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त र पूर्वसभामुख

अवरूद्ध हवाई सेवा क्रमश: सञ्चालन गर्दै इरान 

एजेन्सी– इरानले आन्तरिक तथा बाह्य उडानका लागि आफ्नो पूर्वी हवाई

लागूऔषध नियन्त्रणमा सहकार्य र समन्वय आवश्यक : मुख्यमन्त्री कार्की 

इनरुवा – कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागूपदार्थ दुर्व्यसन

इरानी सर्वोच्च नेता खामेनेईले भने- आत्मसमर्पण गर्दैनौँ, अमेरिकी बेसमा फेरि आक्रमण गर्न सक्छौँ

तेहरान- इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले बिहीबार एक टेलिभिजन

इरान र रुसका रक्षामन्त्री चीनमा

एजेनसी – मध्यपूर्वमा युद्ध र युरोपमा नेटो राष्ट्रहरूको शिखर सम्मेलनको