यसरी संसद् कति दिन चल्छ ओलीलाई सोध्नू : देउवा « Khabarhub

यसरी संसद् कति दिन चल्छ ओलीलाई सोध्नू : देउवा


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् अवरोध प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कारण भएको भन्दै यसको जिम्मा पनि उसैले लिनुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि बाहिरिने क्रममा पत्रकारले उनलाई यसरी कतिन्जेल संसद् चल्छ भनेर सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘ओलीलाई सोध्नू ।’

आइतबार २ पटक बैठक बसे पनि एमालेको अवरोधका कारण कार्यसूचीमा प्रवेश नै नगरी मंगलबारसम्मका लागि स्थगित भएको छ ।

सभामुख अग्नि सापकोटाको भूमिकाका कारण एमाले विभाजन भएको भन्दै एमालेले लगातार संसद अवरोध गरिरहेको छ । संसद चलाउने विषयमा सरकारले पहल नगरेको एमाले नेताहरुले बताएका छन् ।

आइतबार सभामुख सापकोटाले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई साथमा राखेर एमालेका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग छलफल गरेका थिए । तर, सो छलफल सकरात्मक भएन ।

 

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ३ : २९ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी