केपी ओलीसँग एकता गरेर मैले ज्ञान प्राप्त गरेँ : प्रचण्ड « Khabarhub

केपी ओलीसँग एकता गरेर मैले ज्ञान प्राप्त गरेँ : प्रचण्ड


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीसँग पार्टी एकता गरेर ज्ञान प्राप्त गरेको बताएका छन् ।

आइतबार पार्टीका केन्द्रीय सदस्य परशुराम तामाङको ‘नेपाली कम्युनिस्टको कार्यदिशा’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले त्यो ज्ञान ओलीसँग पार्टी एकता गरेपछि मात्रै प्राप्त हुने भन्दै व्यंग्य गरे ।

‘अस्ति पाँच दलीय गठबन्धनको बैठकमा मलाई ताकेर सोध्नुभयो, के पाउनुभयो केपी ओलीसँग पार्टी एकता गरेर ?, ‘ उनले सुनाए, ‘के पाएँ भन्न त विभिन्न उतारचढाव छन् । चार पाँच घण्टा लाग्छ । तर, मैले ज्ञान प्राप्त गरेर आएँ,’ उनले भने ।

त्यो ज्ञान ओलीसँग एकता गरेपछि मात्रै प्राप्त हुने र त्यो ज्ञानबाट पाठ सिक्न सत्ता गठबन्धनका नेताहरूलाई सुझाएको प्रचण्डले बताए । ‘ओलीबाट सिकेको ज्ञान अनुशरण गरेर गठबन्धन बनाउँ । नत्र ओलीले खान्छन् भनेँ,’ उनको भनाइ थियो ।

प्रचण्डले आफू कम्युनिस्ट आन्दोलनको पाठशाला भएको दाबी गर्दै आफ्नो अनुभवबाट सिक्न आह्वान गरे । ‘सिक्ने कि गाली गर्ने हो । किन सिध्याइदिने भन्ने हो । कम्युनिस्ट आन्दोलनको अनुभव हो ठिक ढंगले प्रस्तुत गर्नुपर्छ भन्ने हो । हामीबाट तपाईंहरू केही सिक्नुस्,’ उनले भने ।

पेरुका नेता गोञ्जागोको निधनसँगै क्रान्तिको एउटा मोडेल अन्त्य भएको प्रचण्डले बताए । गोञ्जागोको रिहाइको निम्ति नेपालका कम्युनिस्टले पहल गरेको तर त्यसको प्रभाव रिहाईको स्तरमा नपुगेको बताए ।

उनले अहिले संसारमै विचार र राजनीतिको समस्या, नयाँ वैचारिक संश्लेषणको समस्या देखिएको भन्दै विचार र राजनीतिको क्षेत्रमा आजका चुनौतीहरुको सामना गर्नेगरी सुव्यवस्थित वस्तुवादी वैज्ञानिक संश्लेषण आवश्यक रहेको बताए ।

‘वैचारिक राजनीतिक संश्लेषणको आवश्यकता नेपाली राजनीतिक पार्टीमा पनि छ । हाम्रो पार्टीले अभियान सुरू गरेको छ । अध्ययन अनुसन्धान बहसको प्रक्रियाबाट अघि बढेर नयाँ संश्लेषणमा पुग्ने काममा लागेका छौं,’ उनले भने ।

पुस्तक विमोचन कार्यक्रममा आहुती लगायत टिप्पणीकारले माओवादी र प्रचण्डको नाम नलिएकोमा उनले असन्तुष्टि जनाए । ‘नाम लिन पनि किन अफ्ठेरो ? यो स्तरको आग्रह पूर्वाग्रह कुण्ठा के हो यो ? इतिहासको कुरा नभन्ने ?’ प्रचण्डले गुनासो गरे ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ५ : ३१ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको