केपी ओलीसँग एकता गरेर मैले ज्ञान प्राप्त गरेँ : प्रचण्ड « Khabarhub

केपी ओलीसँग एकता गरेर मैले ज्ञान प्राप्त गरेँ : प्रचण्ड


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीसँग पार्टी एकता गरेर ज्ञान प्राप्त गरेको बताएका छन् ।

आइतबार पार्टीका केन्द्रीय सदस्य परशुराम तामाङको ‘नेपाली कम्युनिस्टको कार्यदिशा’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले त्यो ज्ञान ओलीसँग पार्टी एकता गरेपछि मात्रै प्राप्त हुने भन्दै व्यंग्य गरे ।

‘अस्ति पाँच दलीय गठबन्धनको बैठकमा मलाई ताकेर सोध्नुभयो, के पाउनुभयो केपी ओलीसँग पार्टी एकता गरेर ?, ‘ उनले सुनाए, ‘के पाएँ भन्न त विभिन्न उतारचढाव छन् । चार पाँच घण्टा लाग्छ । तर, मैले ज्ञान प्राप्त गरेर आएँ,’ उनले भने ।

त्यो ज्ञान ओलीसँग एकता गरेपछि मात्रै प्राप्त हुने र त्यो ज्ञानबाट पाठ सिक्न सत्ता गठबन्धनका नेताहरूलाई सुझाएको प्रचण्डले बताए । ‘ओलीबाट सिकेको ज्ञान अनुशरण गरेर गठबन्धन बनाउँ । नत्र ओलीले खान्छन् भनेँ,’ उनको भनाइ थियो ।

प्रचण्डले आफू कम्युनिस्ट आन्दोलनको पाठशाला भएको दाबी गर्दै आफ्नो अनुभवबाट सिक्न आह्वान गरे । ‘सिक्ने कि गाली गर्ने हो । किन सिध्याइदिने भन्ने हो । कम्युनिस्ट आन्दोलनको अनुभव हो ठिक ढंगले प्रस्तुत गर्नुपर्छ भन्ने हो । हामीबाट तपाईंहरू केही सिक्नुस्,’ उनले भने ।

पेरुका नेता गोञ्जागोको निधनसँगै क्रान्तिको एउटा मोडेल अन्त्य भएको प्रचण्डले बताए । गोञ्जागोको रिहाइको निम्ति नेपालका कम्युनिस्टले पहल गरेको तर त्यसको प्रभाव रिहाईको स्तरमा नपुगेको बताए ।

उनले अहिले संसारमै विचार र राजनीतिको समस्या, नयाँ वैचारिक संश्लेषणको समस्या देखिएको भन्दै विचार र राजनीतिको क्षेत्रमा आजका चुनौतीहरुको सामना गर्नेगरी सुव्यवस्थित वस्तुवादी वैज्ञानिक संश्लेषण आवश्यक रहेको बताए ।

‘वैचारिक राजनीतिक संश्लेषणको आवश्यकता नेपाली राजनीतिक पार्टीमा पनि छ । हाम्रो पार्टीले अभियान सुरू गरेको छ । अध्ययन अनुसन्धान बहसको प्रक्रियाबाट अघि बढेर नयाँ संश्लेषणमा पुग्ने काममा लागेका छौं,’ उनले भने ।

पुस्तक विमोचन कार्यक्रममा आहुती लगायत टिप्पणीकारले माओवादी र प्रचण्डको नाम नलिएकोमा उनले असन्तुष्टि जनाए । ‘नाम लिन पनि किन अफ्ठेरो ? यो स्तरको आग्रह पूर्वाग्रह कुण्ठा के हो यो ? इतिहासको कुरा नभन्ने ?’ प्रचण्डले गुनासो गरे ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ५ : ३१ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्