ठेक्काको छ वर्षमा पनि पूरा भएन जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक « Khabarhub

ठेक्काको छ वर्षमा पनि पूरा भएन जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार शुरु भएको छ वर्ष बितिसक्दा पनि सम्पन्न नहुँदा खाल्डा खुल्डीले सवारी सञ्चालनमा समस्या हुने गरेको छ ।

खाल्डा खुल्डीमा बनेको पोखरीले यात्रु एवं स्थानीयवासीले दुःख पाएको गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताए ।

सङ्घीय सरकारले ठेक्का गरेको आयोजनाका निर्माण व्यवसायीले स्थानीय सरकारलाई नटेर्दा जीर्ण सडकमा समस्या हुने गरको उनको भनाइ छ । अस्पतालजस्तो संवेदनशील स्थानअघिको सडकलाई ग्राभेल हालेर सहज रुपमा सवारी हिँड्ने वातावरण बनाउन पटकपटक गरिएको अनुरोधसमेत नमान्दा धेरैले दुःख पाएका छन् ।

आर्थिक वर्ष २०७५/७६ मै सक्ने गरी विसं २०७२ मै ठेक्का भएको सात किमी सडक छ वर्षदेखि अलपत्र छ । शुरुमा सडकको दायाँबायाँ घर भएका स्थानीयवासीले मुआब्जा नदिई काम अघि बढाउन नदिने भनी बिरोध गरेपछि बिस्तार हुन सकेको थिएन । केन्द्रबिन्दुबाट दायाँबायाँ ११/११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले गरेको थियो ।

सात किमीको दूरीमा पर्ने करिब ९०० घरका धनीले ठेक्का अनुसार बिस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रबिन्दुबाट दायाँबायाँ सात/सात मिटर बिस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११/११ मिटर नै बिस्तार गर्ने सहमति भएको नगरपालिकाका प्रवक्ता ढुङ्गानाले जानकारी दिए । यो सहमति अनुसार पनि ठाउँ ठाउँमा काम रोकिँदा वर्षौँदेखि यात्रु पीडित छन् ।

अत्तरखेल मूल सडकमा सटर भाडामा लिएर किराना पसल चलाउँदै आउनुभएकी रञ्जना श्रेष्ठ वर्षाद्मा हिलो र हिउँदमा धुलो खाएर स्वास्थ्य सङ्कट आउने गरेको गुनासो गर्नुहुन्छ । नगरपालिकाले केन्द्रबिन्दुबाट दायाँबायाँ सात/सात मिटर बिस्तार गर्ने सहमति गरेको दुई वर्षसम्म पनि सडक अलपत्र छ । आर्थिक वर्ष २०७६/७७ सक्ने सहमति नभई थप गरिएको एक वर्षमा पनि काम सकिएन ।

आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्म काम सक्ने गरी म्याद थपिएको थियो । त्यो अवधिमा पनि काम सकिएन । रु ५८ करोड लागतमा भइरहेको काममा बेला बखत समस्या आउने गरेकाले काममा ढिलाइ भएको बिस्तार आयोजनाका अधिकारीले बताउने गरेका छन् ।

विसं २०७६ चैतमा शुरु भएको बन्दाबन्दीका क्रममा सडकमा पर्ने रुख हटाए पनि विद्युत्को पोल, तारलगायत संरचना अझै हटेको छैन । सडकको काम नसकिँदा यस वर्ष पनि वर्षाद्का समयमा हिलो र हिउँदमा धुलोमा यात्रा गर्न बाध्य हुनुपर्ने अवस्था आएको स्थानीयवासी डबले तामाङले गुनासो गरे ।

ग्राभेल हालेर डोजर र रोलरले सम्याएर वर्षाका समयमा हिलो एवं धुलो नहुने गरी काम गराउन नगरपालिकाले दबाब दिँदै आएको जनाइएको छ । निर्माणको ठेक्का पाएको सिएम कन्स्ट्रक्सनका इञ्जिनीयर सनम श्रेष्ठले बन्दाबन्दी शुरु भएपछि सुरक्षित तरीकाले काम गर्न कामदार पाउन नसकिएकाले काममा ढिलाइ भएको बताए ।

पछिल्लो समय अन्य स्थानमा ग्राभेल हाले हिँडन सजिलो बनाएपछि नेपाल मेडिकल कलेजअघिको सडक अलपत्र छोड्दा एम्बुलेन्समा यात्रा गर्ने बिरामीसमेत प्रभावित हुने गरेका छन् । अस्पताल अगाडिकै सडकमा बनेको खाल्डा खुल्डीमा पानी जमेर ठूला पोखरी बनेपनि सरोकार भएका निकायको ध्यान नजाँदा समस्या भएको स्थानीय बुद्धिमान तामाङले बताए ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ९ : ४५ बजे

प्रधानमन्त्री कार्कीबाट ‘तमु ल्होसार’को शुभकामना

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले पर्वहरूले आपसी एकता, शान्ति र सद्भाव

बलिउड अभिनेता हर्षवर्धन राणे नयाँ फिल्म ‘शूटआउट इन दुबई’सँग जोडिँदै

काठमाडौं– बलिउड अभिनेता हर्षवर्धन राणेलाई चर्चित ‘शूटआउट’ फ्रेन्चाइजको नयाँ अध्याय

निर्धारित समयभित्र काम सम्पन्न गर्ने व्यवसायी सम्मानित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ थप ५०

परपीडामा रमाएको राजनीति

केपी ओली नेतृत्वको सरकारले गरेको संसद् विघटनको प्रस्ताव सदर गर्दा

‘जीवनोपयोगी शिक्षा आवश्यक छ’

भक्तपुर– प्रधानसेनापति अशोकराज सिग्देलले समाज र राष्ट्रप्रति उत्तरदायित्व वहन गर्न