ओपोद्वारा ‘बडा दशैँको लहर ओपोको अफर’ उपहार क्याम्पेन घोषणा « Khabarhub

ओपोद्वारा ‘बडा दशैँको लहर ओपोको अफर’ उपहार क्याम्पेन घोषणा


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वमै अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले नेपालीहरुको महान चाड बडा दशैँ २०७८को शुभ अवसरमा ‘बडा दशैँको लहर ओपोको अफर’, विशेष उपहार योजनाको घोषणा गरेको छ ।

उपहार योजना अन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर ओपोका स्मार्टफोन लगायत आईओटी उत्पादनहरु खरिद गरी योजनामा सहभागिता जनाई विभिन्न आकर्षक उपहारहरु जित्ने अवसर प्राप्त गर्नेछन् ।

‘ग्लोबल कम्पनीका रुपमा ओपोले सधैँ नै स्थानियकरणमा विश्वास गर्दै आइरहेको छ । नेपाल हाम्रालागि विशेष प्राथमिकता बोकेको बजार हो । यहाँको संस्कृति, परम्परा र विविधतामा रहेको सादापन वास्तवमै प्रेरणादायी छ । स्थानिय महान चाड बडा दशैँ, आदर्णिय उपभोक्तासंग खुशी साट्दै मनाउने सोचका साथ हामीले ‘बडा दशैँको लहर ओपोको अफर’ उपहार योजनाको घोषणा गरेका हौँ ।’, ओपो नेपालका ब्राण्ड डिरेक्टर, पियरसन शेनले भने ।

क्याम्पेन अवधिभर कुनैपनि ओपोका उत्पादनको खरिद गरी उपभोक्ताले उपहार योजनामा सहभागिता जनाउन सक्छन् । सहभागिताका लागि उपभोक्ताले, वेबसाइटमा सिधै लगअन वा क्यूआर कोड स्क्यान गरी क्याम्पेन पेजमा पुगेर त्यहाँ मागिएका जानकारीहरु उपलब्ध गराउनु पर्ने हुन्छ । यसरी सहभागीहरु मध्यबाट हरेक हप्ता लक्कि ड्र मार्फत छनोटमा परेका भाग्यशाली विजेताहरुले ओपो एफ १९ प्रो, ओपो एफ १९, ओपो ब्याण्ड, ओपो डब्ल्यू ५१, ओपो डब्ल्यू ११ लगायत अन्य आकर्षक उपहारहरु जित्न सक्नेछन् । विजेताहरुको घोषणा ओपो नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजहरु मार्फत गरिनेछ ।

क्याम्पेन अवधिभर, लक्कि ड्रमा विजेताका रुपमा छनोटमा नपरेका सहभागीलाई स्वतः अर्को लक्कि ड्रका लागि सहभागिताको अवसर प्रदान गरिनेछ । तसर्थ, एकपटक सहभागिता जनाइसकेपछि सहभागीले अन्तिम लक्कि ड्रसम्म जित हात पार्ने अवसर प्राप्त गर्नेछन् । सेप्टेम्बर १२ देखि सञ्चालनमा ल्याइएको यस उपहार योजना अक्टोबर १८, २०२१ सम्म चल्ने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  १२ : १५ बजे

गगनलाई वीरबहादुरको चुनौती : हिम्मत भए पूर्णबहादुरलाई कारबाही गरेर देखाऊ

काठमाडौं- नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति वीरबहादुर बलायरले निवर्तमान

घरबाटै ‘नो अब्जेक्सन’ लेटर लिन सकिने

काठमाडौं– वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीलाई निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा

काठमाडौं- एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि विशेष

दक्षिण लेबनानमा आवागमन पुनः सुरु

बेरुत- इजरायली आक्रमणले तहसनहस बनाएको दक्षिण लेबनानमा युद्धविरामसँगै पुनःस्थापनाको काम

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्य : सञ्चारमन्त्री तिमिल्सिना

नुवाकोट– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले अभिव्यक्ति स्वतन्त्रताको