अघिल्लो सरकारले ल्याएका अनावश्यक कार्यक्रम कटौती गरिएको हो : अर्थमन्त्री शर्मा | Khabarhub Khabarhub

अघिल्लो सरकारले ल्याएका अनावश्यक कार्यक्रम कटौती गरिएको हो : अर्थमन्त्री शर्मा


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले पूर्व सरकारले अघि बढाएको केही कार्यक्रम अनावश्यक भएकाले रोकिएको स्पष्ट पारेका छ । आइतबार बजेटका बिषयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री शर्माले बजेटको आकार घटाउन र राज्यको दायित्व पूरा गर्न अनावश्यक कार्यक्रम रोकिएको बताए ।

उनले आवश्यकताका केही कार्यक्रम बाहेक पुरानै बजेटको कार्यक्रम निरन्तरता दिएको तथा स्वदेशी उद्योगलाई संरक्षण गर्नेगरी केही करको दर हेरफेर गरेको जानकारी दिए । बजेट बितरणमुखी भएको भन्ने आरोपको खण्डन गर्दै अर्थमन्त्री शर्माले राज्यको दायित्व पूरा गर्दै दीर्घरोगी तथा राजनीतिक आन्दोलनका योद्धाहरुलाई सहयोग गर्न मात्र खोजेको तर्क गरे ।

अब हरेक महिना १० प्रतिशत पूँजिगत खर्च गर्ने भन्दै उनले पूँजिगत खर्चको अनुगमन गर्न संयन्त्र बनाउने पनि जानकारी दिए ।

विद्युत आपूर्ति लोड व्यवस्थापनका लागि अर्धजलाशय र जलाशययुक्त आयोजना नै आजको आवश्यकता भएकाले सरकारले यस्ता आयोजनामा कर छुट दिएर बिदेशी लगानी आकर्षित गर्ने खोजेको बताए । आर्थिक गतिविधिलाई चलायमान बनाउँदै आर्थिक वृद्धि दरलाई ७ प्रतिशतमा पुर्‍याउने दाबी गरे । करको दायरालाई पनि विस्तार गर्ने, देशमा उत्पादनमुलक कार्य गर्न उद्योग सञ्चालन गर्नुपर्ने भन्दै कच्चा पदार्थमा आधारित उद्योगहरुलाई छुट दिइने बताए ।

अर्थमन्त्री शर्माले सरकारले अब बिद्युतीय सवारी साधनलाई नै प्राथमिकता दिएको र अब देशभित्रै विद्युतीय सवारी उत्पादन गर्ने उद्योग स्थापना गर्नुपर्ने बताए । शेयर बजारका बिषयमा उनले ४२ लाख जनताको लगानीको रक्षा गर्नुपर्ने अवस्था रहेको बताउँदै यस विषयमा आफुहरु गम्भीर रहेको धारणा राखे ।

अर्थमन्त्री शर्माले शुक्रबार १६ खर्ब ३२ अर्ब ८३ करोड रूपैयाँ बराबरको संशोधन बजेट प्रतिनिधिसभा बैठकमा पेश गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ६ : ५९ बजे

पर्वतका धानबालीमा क्षति पुगेका कृषकलाई गाउँपालिकाले राहत दिइने

पर्वत–  किसानको मुख्य खाद्यान्न बाली धान भित्र्याउने बेलामा परेको लगातारको

भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज, नयाँ व्यवस्थामा चारवटा कागज पेश गरे पुग्ने

काठमाडौं- अध्यागमन विभागले भिजिट भिसामा विदेश जान चाहने नेपाली नागरिकका

बाढीले तेताङमा १२ च्याङ्ग्रा मरे, सिँचाइ कुलो र खानेपानीमा क्षति

मुस्ताङ– वारागुङ मुक्तिक्षेत्र–३ तेताङ गाउँमा बाढीले बगाएर १२ च्याङ्ग्रा मरेका छन्

‘जेन-जी’ प्रदर्शनको क्षति हेर्न ४४ जिल्लामा ३८ टोली परिचालन

काठमाडौं– गत भदौ २३ र २४ गतेको ‘जेन-जी’ प्रदर्शनमा सार्वजनिक

स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस

काठमाडौं– नेपाल चिकित्सक सङ्घले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा