थाइल्याण्डले १० देशलाई यात्रा अनुमति दिँदै « Khabarhub

थाइल्याण्डले १० देशलाई यात्रा अनुमति दिँदै


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- थाइल्याण्डले कम जोखिम भएका देशहरुलाई यात्राको अनुमति दिने भएको छ ।

थाइल्याण्डले १ नोभेम्बरदेखि कोरोना भाइरसको महामारी कम भएका १० देशको प्रतिबन्ध हटाउन लागेको हो । पूर्ण रुपमा खोप लगाएका यात्रुहरुलाई क्वारेन्टाइन बस्न नपर्ने गरी थाइल्याण्डले यात्राको अनुमति दिन लागेको बीबीसीले जनाएकोछ ।

सोमबार क्वारेन्टाइन बस्न नपर्ने गरी खोप लगाएका विदेशी आगन्तुकहरुलाई स्वागत गर्ने प्रधानमन्त्री प्रयुथ चान–ओचा बताएका हुन् । कम जोखिम ठानिएका बेलायत, चीन, जर्मनी र अमेरिका रहेका छन् । थप देशको सूची अक्टोबरको अन्त्यसम्म उपलब्ध हुने उल्लेख छ ।

यद्यपि सूची बाहिरका देशहरुबाट समेत आगन्तुकहरु थाइल्याण्ड भ्रमण गर्न पाउनेछन् । तर उनीहरुले क्वारेन्टाइन बस्नुपर्ने छ । प्रयुथले थाइल्याण्डले १ डिसेम्बरमा मनोरञ्जन स्थलहरु पुनः खोल्ने र अल्कोहल बिक्री गर्नसमेत अनुमति दिने बताएका छन् ।

जनस्वास्थ्य मन्त्रालयले थाईल्याण्डको कोभिड १९ नीति निर्माण प्रशासन प्रयुथको अनुरोधमा कसरी सम्बोधन गर्ने भन्नेबारे विचार गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  १० : ०२ बजे

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी

६ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ

चितवन– चितवनमा विगत ६ वर्षमा भूमिगत सिँचाइका माध्यमबाट तीन हजार