लामो यात्रामा गर्दा स्वास्थ्य मापदण्ड अपनाउन आग्रह « Khabarhub

लामो यात्रामा गर्दा स्वास्थ्य मापदण्ड अपनाउन आग्रह


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चाडबाडको समयमा लामो दुरीको यात्रा गर्दा थप सजकता अपनाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

सार्वजनिक यातायातबाट लामो दुरीको यात्रा गर्दा कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने भएकाले जनस्वास्थ्य मापदण्डको पूर्ण पालनामा हेलचेक्रयाइँ नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको हो ।

यस्ता छन् स्वास्थ्य मापदण्ड

सही तरिकाले मास्क प्रयोग गर्ने ।
गाडी चढेपछि र ओर्लिएपछि साबुन पानी वा स्यानिटाइजरले हात सफा गर्ने ।
यात्राका बेला सम्भव भएसम्म उपयुक्त भौतिक दुरी कायम गर्ने ।
सकेसम्म खुद्रा पैसा वा अनलाइन भुक्तानीको व्यवस्था गर्ने ।
आवश्यक खानेकुरा आफैं बोक्ने ।
होटलमा खाना खान परे जनस्वास्थ्यका सबै मापदण्ड अपनाएर खाने ।
अनावश्यक रुपमा सवारी साधनका झ्याल, ढोका, डण्डी तथा सिट नछुने ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ५ : ४५ बजे

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, तोलाको तीन लाख नाघ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ

हात्तीपाइलेविरुद्धको दशदिने औषधि सेवन अभियान

खजुरा– जिल्लामा १६औँ पटक हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु भएको

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन