हात्तीपाइलेविरुद्धको दशदिने औषधि सेवन अभियान « Khabarhub

हात्तीपाइलेविरुद्धको दशदिने औषधि सेवन अभियान


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

खजुरा– जिल्लामा १६औँ पटक हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु भएको छ । 

आजदेखि आगामी १० दिनसम्म डुडुवा गाउँपालिकामा अभियान सञ्चालन भएको हो । अभियानलाई प्रभावकारी बनाउन दिनभर, साँझ र राति पनि स्वास्थ्यकर्मी बिरामीका घरदैलोमा पुगेर औषधि खुवाउने डुडुवाका स्वस्थ शाखा प्रमुख सीताराम चौधरीले बताए । 

‘बिरामीका घर पुगेर औषधि खुवाइन्छ, समस्या भएका स्थानमा स्थानीय प्रबुद्धहरुलाई उभ्याएर समूहगत छलफल गरी औषधि सेवनका निम्ति उत्प्रेरित गरिन्छ’, उनले भने। 

यसअघि डुडुवामा पालिकास्तरीय हात्तीपाइलेविरुद्ध औषधि सेवन अभियानको अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । 

त्यसअवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महतोले हात्तीपाइले निवारणका लागि सरकारले गरेको लगानीबारे जानकारी दिएका थिए।  

जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले आफ्नै वडामा १६ औँ पटक हात्तीपाइलेविरुद्ध औषधि सेवन अभियान चलाउनु परेकोमा दुःख व्यक्त गर्दै अब फेरि अर्को अभियान सञ्चालन गर्नुपर्ने गरी काम गर्ने प्रतिबद्धता जनाए। 
 
डुडुवा–३ का वडाध्यक्ष आमोद तिवारीले आफ्नो वडामा १६ औं पटक हात्तीपाइलेविरुद्ध औषधि सेवन अभियानलाई सफल बनाउन आफू जुनसुकै समयमा परिचालित हुने प्रतिबद्धता व्यक्त गरे।  डुडुवाको वडा नम्बर २ सबैभन्दा जोखिममा रहेको जनाइएको छ ।

अभियानमार्फत डुडुवा गाउँपालिकाका ४३ हजार ९७५ जना, नरैनापुर गाउँपालिकाका ४३ हजार ८९९ र नेपालगन्ज उपमहानगरपालिकाका एक लाख ६९ हजार ३३९ गरी कूल तीन लाख ५७ हजार ५१३ जनालाई औषधि खुवाउने लक्ष्य छ । अभियान सञ्चालनका लागि रु ४३ लाख बजेट विनियोजन गरिएको छ । 
 

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  १० : ४३ बजे

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि

मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण

कालीकोट – जिल्लाको नरहरिनाथ गाउँपालिकाले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं – प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ ।

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न