एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी « Khabarhub

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लक्षित निर्वाचन परिचालन कमिटी बनाएको छ । बिहीबार बसेको पार्टी जिल्ला कमिटीको बैठक तथा अभिभुखिकरण कार्यक्रमले पार्टीका जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरेको संयोजकत्वमा १५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरेको हो ।

परिचालन कमिटीमा जिल्ला कमिटी, जिल्ला सल्लाहकार कमिटी, निर्वाचन क्षेत्रीय समन्वय कमिटीका, पालिका कमिटी, जनप्रतिनिधि, जनसंगठनका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा सदस्य, जिल्लाका पदाधिकारी र वडा कमिटीका सबै पदाधिकारी रहने जनाइएको छ ।

साथै, बिहीबारको बैठकले पार्टीकी केन्द्रीय सदस्य सिमाकुमारी क्षेत्रीको संयोजकत्वमा निर्वाचन परिचालन हाइकमाण्ड, चक्रबहादुर पराजुलीको नेतृत्वमा जिल्ला अनुगमन तथा मूल्यांकन समिति र प्रदेश कमिटि सचिवालय सदस्य सुधिर पौडेलको नेतृत्वमा प्रशासनिक सहजीकरण तथा समन्वय समिति गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बिहीबारकै बैठकले खड्कराज सुवेदीको नेतृत्वमा स्थानीय जनप्रतिनिधि समन्वय समिति पनि गठन गरेको छ ।

बिहीबार सम्पन्न पार्टीको बैठक तथा अभिमूखिकरण कार्यक्रम जिल्ला पार्टी अध्यक्ष सूर्यप्रसाद गैरेको अध्यक्षता, पार्टी केन्द्रीय सचिव पद्माकुमारी अर्यालको प्रमुख आतिथ्यता र पार्टी जिल्ला सचिव रामचन्द्र भट्टराईको सञ्चालनमा भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य नेता महेश पुरीले राखेका थिए ।

कार्यक्रममा पार्टी केन्द्रीय सचिव पद्माकुमारी अर्याल, निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार मिनप्रसाद गुरुङ, निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार खिमबहादुर थापा र पार्टीका नेता तथा नेतृहरू सुधिर पौडेल, रामबहादुर थापा, नारायण मरासिनी, सिता सुन्दास, सिमा क्षेत्री लगायतले आफ्नो भनाइ राखेका थिए ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  १० : ३२ बजे

आज २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय