मासु काटेपछि कसरी सुरक्षित राख्ने ? « Khabarhub

मासु काटेपछि कसरी सुरक्षित राख्ने ?


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज दशैंको सातौ दिन फुलपाती ।

आज धेरैको घरमा खसी, बोका काट्ने गरिन्छ । तर जान अन्जानमा खसी बोका लगायतका पशु पक्षीं काट्न प्रयोग गर्ने हतियारदेखि भाडासम्ममा ध्यान पुयाईदैन । जसका कारण आफैले तयार पारेको मासुका कारण झन् स्वास्थ्यमा हानी हुनसक्छ । यस्तोमा के के कुरामा ख्याल गर्ने त ?

– मासु काट्न प्रयोग गरिने हतियारमा खिया लागेको हुनुहुँदैन ।
– लामो समयसम्म प्रयोग नगरेको हतियारले मासु काट्ने भए राम्रोसँग सफा गर्नु पर्दछ ।
– मासुका भाग छुट्याउन सफा केराको पात वा प्लास्टिकको प्रयोग गर्न सकिन्छ ।
– यस्तै मासु राख्ने भाडा सफा हुन जरुरी छ ।
– मासु पकाउँदा लामो समय दिएर पुरै पाक्ने गरि पकाउनु पर्दछ ।
– मासुलाई खुला वा झिगां भन्कने ठाँउमा राख्नु हुँदैन ।
– मासु राख्दा अनिवार्य छोप्नुपर्छ ।
– सकेसम्म लामो समयदेखिको मासुलाई प्रयोग गर्नु हुँदैन ।
– यदि राख्नै परे सुरक्षित साथ फ्रिजमा राख्नुपर्छ ।
– पाकेको मासु नपाकेका खानेकुराको छेउमा राख्न हुँदैन । किटाणु सर्ने सम्भावना हुन्छ ।
– आन्द्रा–भुडी राम्रोसँग सफा गरिसकेपछि मात्र प्रयोग गर्नुपर्छ ।
– यो पखाल्न सफा पानीको प्रयोग र अनुभवी मानिसले मात्र पखाल्नु पर्दछ ।

यसरी मासु तयार पार्दा सम्भावित कैयौँ स्वास्थ्य समस्याबाट बच्न सकिन्छ ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  २ : ५८ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर