मासु काटेपछि कसरी सुरक्षित राख्ने ? « Khabarhub

मासु काटेपछि कसरी सुरक्षित राख्ने ?


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज दशैंको सातौ दिन फुलपाती ।

आज धेरैको घरमा खसी, बोका काट्ने गरिन्छ । तर जान अन्जानमा खसी बोका लगायतका पशु पक्षीं काट्न प्रयोग गर्ने हतियारदेखि भाडासम्ममा ध्यान पुयाईदैन । जसका कारण आफैले तयार पारेको मासुका कारण झन् स्वास्थ्यमा हानी हुनसक्छ । यस्तोमा के के कुरामा ख्याल गर्ने त ?

– मासु काट्न प्रयोग गरिने हतियारमा खिया लागेको हुनुहुँदैन ।
– लामो समयसम्म प्रयोग नगरेको हतियारले मासु काट्ने भए राम्रोसँग सफा गर्नु पर्दछ ।
– मासुका भाग छुट्याउन सफा केराको पात वा प्लास्टिकको प्रयोग गर्न सकिन्छ ।
– यस्तै मासु राख्ने भाडा सफा हुन जरुरी छ ।
– मासु पकाउँदा लामो समय दिएर पुरै पाक्ने गरि पकाउनु पर्दछ ।
– मासुलाई खुला वा झिगां भन्कने ठाँउमा राख्नु हुँदैन ।
– मासु राख्दा अनिवार्य छोप्नुपर्छ ।
– सकेसम्म लामो समयदेखिको मासुलाई प्रयोग गर्नु हुँदैन ।
– यदि राख्नै परे सुरक्षित साथ फ्रिजमा राख्नुपर्छ ।
– पाकेको मासु नपाकेका खानेकुराको छेउमा राख्न हुँदैन । किटाणु सर्ने सम्भावना हुन्छ ।
– आन्द्रा–भुडी राम्रोसँग सफा गरिसकेपछि मात्र प्रयोग गर्नुपर्छ ।
– यो पखाल्न सफा पानीको प्रयोग र अनुभवी मानिसले मात्र पखाल्नु पर्दछ ।

यसरी मासु तयार पार्दा सम्भावित कैयौँ स्वास्थ्य समस्याबाट बच्न सकिन्छ ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  २ : ५८ बजे

गगनको संकल्प : कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफूहरुको एकमात्रै ध्येय

राष्ट्रियसभामा तीन अध्यादेश पेस

काठमाडौं– राष्ट्रियसभाको आज बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीन अध्यादेश

यी पाँच मापदण्ड तय गर्दै गगनलाई प्रधानमन्त्रीका रुपमा अघि सार्‍यो कांग्रेसले

नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको

संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

भक्तपुर– भक्तपुरको सानोथिमिस्थित बाल सुधार गृह बस्ने नमिल्ने गरी ध्वस्त

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म