निर्वाचनसम्म गठबन्धन कायम रहनुपर्छ : नेता राई « Khabarhub

निर्वाचनसम्म गठबन्धन कायम रहनुपर्छ : नेता राई


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीका नेता अशोक राईले सरकर निर्माण गर्दा बनेको गठबन्धन आगामी निर्वाचनसम्म कायम रहनुपर्ने बताएका छन् ।

आज पत्रकारसँग कुरा गर्दै उनले संविधानको संरक्षण र देश विकासको कामलाई गति दिन गठबन्धन कायम रहनुपर्ने बताए ।

उनले भने, “संविधानका जन्मदाता र संरक्षकबीच सहकार्य भएर जानुपर्छ ।” अहिलेको सरकार पूर्ण कार्यकाल जाने भन्दै उनले संसद्को कार्यकाल पूरा गर्ने गरी सरकार रहने बताए । गठबन्धन सरकारले जनताको माग सम्बोधन गर्दा संयमता अपनाउनुपर्ने उनको भनाइ थियो ।

अहिलेको सरकार सङ्कटकालीन अवस्थामा निर्माण भएको भन्दै यस सरकारले धेरै चुनौती पार गर्नुपर्ने अवस्था रहेको राईले बताए ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ३ : ३५ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत