नवयुगको घुँडाको सफल शल्यक्रिया, करिब दुई महिना मैदान बाहिरै रहने « Khabarhub

नवयुगको घुँडाको सफल शल्यक्रिया, करिब दुई महिना मैदान बाहिरै रहने


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर तथा त्रिभुवन आर्मी फुटबल क्लबका सदस्य नवयुग श्रेष्ठको घुँडाको शल्यक्रिया गरिएको छ ।

गतसाता मैत्रिपूर्ण खेल खेल्ने क्रममा घुँडाको ‘एमसिएल’ मा चोट लागेपछि नवयुगको बिहीबार सातदोबाटोस्थित बि एण्ड बि अस्पतालमा शल्यक्रिया भएको हो ।

एमसिएलको शल्यक्रियासँगै अव नवयुग करिब ६-७ साता मैदान बाहिर हुने भएका छन् । स्रोतका अनुसार उनी करिब २ महिना मैदान बाहिर रहनेछन् । ‘नवयुगको सफल शल्यक्रिया भएको छ । ६-७ साता मैदान बाहिर हुनेछन्,’ आर्मी क्लब स्रोतले न्युज कारखानालाई भन्यो ।

योसँगै नवयुगले ३ मसिंरबाट सुरु हुने लिगको सुरुआती खेल गुमाउने भएका छन् । साविक उपविजेता आर्मीले आफ्नो पहिलो खेलमा विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिससँग खेल्दै लिगको सुरुआत गर्नेछ भने दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबको सामना गर्नेछ ।

एन्फाले बाँकी चरणका खेल तालिका भने सार्वजनिक गरेको छैन ।

गत सिजन (२०७६ साल) अन्तिम खेलमा आर्मीलाई लिग उपाधि पहिलो पटक हात पार्न १ अंक चाहिएको निर्णायक खेलमा मछिन्द्र एफसीसँग १–० गोल अन्तरले पराजित भएको थियो ।

आर्मीले अग्रप्रक्तिमा नवयुगले चोट बोकेसँगै कप्तान भरत खवास र जर्ज प्रिन्स कार्कीलाई अग्रपंक्तिको जिम्मेवारी सुम्पिनेछ ।

नेपाल राष्ट्रिय टोलीका नियमित सदस्य नवयुगले गतसाता ब्रिगेड ब्वाईज क्लबसँग एन्फा मैदानमा भएको मैत्रिपूर्ण खेल खेल्ने क्रममा चोट बाकेका थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ७ : ४२ बजे

प्रधानमन्त्री राहत कोषमा १४ अर्ब दुई करोड ७३ लाख जम्मा, पीडितलाई एक अर्ब निकासा

काठमाडौँ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब २

बलात्कारपछि हत्या: हामीलाई मृत्युदण्ड चाहिएको हो कि न्याय ?

आज हामी कुनै बालिका वा महिलामाथि बलात्कार गरी हत्या भएको

भोटेकोशी बाढीः अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए

सुदूरपश्चिम – भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका

ऋषिपञ्चमीका दिन आँधीखोलामा स्नान गर्दा बगेर महिलाको मृत्यु

वालिङ (स्याङ्जा) – ऋषिपञ्चमीका अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले

भोटेकोशी बाढी अपडेट: १३ सय ९९ शव भेटिए

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज,