आजका समाचार : बालेनको बचाउमा सस्मित, जेनजीका मुद्दा फिर्ता, कांग्रेस महाधिवेशनमा चार प्रतिवेदन र १३ सय इजरायली सुरक्षाकर्मी मारिए « Khabarhub

आजका समाचार : बालेनको बचाउमा सस्मित, जेनजीका मुद्दा फिर्ता, कांग्रेस महाधिवेशनमा चार प्रतिवेदन र १३ सय इजरायली सुरक्षाकर्मी मारिए


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट करिब १० करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका विभिन्न निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालनका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्न स्वीकृति दिने निर्णय गरेको हो।

बैठकले नेपाल इन्जिनियरिङ सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) (दोस्रो संशोधन) नियमहरू, २०८३ र वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

यसैगरी, जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस गर्न पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेस गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ।

निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

तत्कालै नयाँ जहाज किन्न असम्भव, लिजमार्फत थप्न निर्देशन दिएका छौँ : मन्त्री पौडेल

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई ‘तुच्छ’ भन्न मिल्दैन : प्रवक्ता पोखरेल

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

जेन-जीका फौजदारी मुद्दा फिर्ता लिँदै सरकार, प्रतिवेदन गृह मन्त्रालय पठाइयो

मैनालीलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

प्रभावित प्रदेशका मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको सान्त्वना -विपद्मा ढुक्क हुनूस्

प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा विपद् व्यवस्थापन निरन्तर भइरहेको बताएका छन् ।

सोमबार सिंहदरबारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा उनले सरकार कुनै पनि किसिमको सम्झौता नगरी विपद् व्यवस्थापनमा निरन्तर खटिरहेको स्पष्ट बताएका हुन् ।

प्रधानमन्त्री शाहले उपलब्ध स्रोत साधन र जनशक्ति परिचालन गरी चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सम्पन्न गर्ने भन्दै ढुक्क हुन प्रभावित प्रदेशका मुख्यमन्त्रीहरूलाई आग्रह गरे ।

उनले भोटेकोशी–त्रिशूली, गण्डकीसँगै अन्य क्षेत्रमा आएको बाढीपहिरोको क्षतिको समेत अध्ययनसहित त्यसको व्यवस्थापनमा सरकार जुटिरहेको बताएका छन् ।

बैठकपछि बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेश सरकारले खोज, उद्धार, उपचार र खाद्यान्न सामग्री वितरणको काम सकिसकेको र अब पुनर्निर्माण तथा पुन स्थापनाको दिशामा अगाडि बढ्नुपर्नेमा आफूले जोड दिएको बताए ।

सञ्चार क्षेत्र व्यवस्थित गर्न बलियो नियामक संयन्त्र आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

फार्मेसी र नर्सिङ परिषद्मा नयाँ सदस्य नियुक्त

अन्तरिम संविधानमार्फत नयाँ संविधान निर्माण जरुरी रहेको आजपाको निष्कर्ष

विपद् व्यवस्थापनमा सरकार कुनै सम्झौता नगरी खटिएको छ : प्रधानमन्त्री शाह

बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस् : ऊर्जामन्त्री श्रेष्ठ

प्रधानन्यायाधीश शर्माले बोलाए न्याय परिषद् बैठक

भूमिहीन सुकुम्बासी समस्या एक हजार दिनभित्रै समाधान हुन्छ : प्रधानमन्त्री शाह

कांग्रेस महाधिवेशनको बन्द सत्र : सभापतिको प्रतिवेदनमाथि तीन छुट्टाछुट्टै हलमा छलफल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र शुरू भएको छ । गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनबाट गठित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको अन्तिम बैठकले बन्दसत्रमा पेश गर्ने एजेन्डा पारित गरेसँगै विभिन्न समूहमा रहेर छलफल शुरू भएको हो ।

तीन ओटा क्लस्टरमा विभाजन गरेर बन्दसत्र शुरू भएको हो । पहाड, हिमाल र मधेस तराई गरी तीन क्लस्टरमा विभाजन गरी बन्द सत्र शुरू भएको हो ।

शुरूआतमा पहाडको बन्द सत्र चलेको छ । बन्दसत्रका लागि हिमाल हल, पहाड हल र तराई–मधेस हल निर्धारण गरिएको छ। प्रदेश तथा विभिन्न समूहका प्रतिनिधिहरूलाई सम्बन्धित हलमा विभाजन गरिएको हो ।

हिमाल हलमा कोशी प्रदेशका १ हजार ११७, कर्णाली प्रदेशका २९९ र गण्डकी प्रदेशका ७१५ गरी २ हजार ३३१ प्रतिनिधि सहभागी छन्। त्यस्तै, पहाड हलमा बागमती प्रदेशका १ हजार २१७ र लुम्बिनी प्रदेशका १ हजार ९ गरी २ हजार २२६ प्रतिनिधि सहभागी छन् ।

तराई–मधेस हलमा मधेश प्रदेशका १ हजार २५६, सुदूरपश्चिम प्रदेशका ६५०, जनसम्पर्क समितिका २४५ र भ्रातृ संगठनका २२५ प्रतिनिधि सहभागी छन् ।

कांग्रेसको वित्तीय प्रणालीमा कडाइ : स्वार्थ समूहको प्रभाव रोक्न नयाँ प्रस्ताव

महामन्त्रीमा उम्मेदवारी दिएपछि डिलाले भनिन्- महिलाका मुद्दा उठाउँछु

कांग्रेस महाधिवेशन : विश्वप्रकाशको प्रतिवेदनमा १५ प्रतिज्ञा र १५ संकल्प, थप के छ ?

नेपाली कांग्रेस १५ औँ महाधिवेशनको बन्द सत्र सुरू (तस्बिरहरू)

कांग्रेसमा तीन महामन्त्री, एक महिला अनिवार्य

कांग्रेस उपसभापतिमा विनोद चौधरीको दाबी

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दशैँअघि सञ्चालनमा ल्याउने लक्ष्य
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएपछि नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलिब्रिज जडान सुरु भएको छ।

पुल निर्माणका लागि आवश्यक सामग्री ल्याउने क्रम जारी रहेको र बुधबारदेखि नेपाली सेनाको टोलीले पुल जडानको काम सुरु गर्ने भएको छ। दसैँको फूलपातीसम्म पुल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईंका अनुसार पुल निर्माणका लागि आवश्यक सामग्री धादिङको बैरेनी र बारास्थित सेनाको मौज्दातबाट वेत्रावती ल्याउने काम भइरहेको छ। उनका अनुसार आजसम्म सबै सामग्री वेत्रावती आइपुग्नेछन्।

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

चितवनमा ट्याक्टर र जिप ठोक्किँदा एक जनाको मृत्यु, १० घाइते

प्रदेश प्रमुख भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस

भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी

इमरान खानको रिहाइ माग्दै समर्थकको इस्लामावादतर्फ मार्च
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उनका पाँच हजारभन्दा बढी समर्थकले आइतबार खैबर पख्तुनख्वाबाट राजधानी इस्लामावादतर्फ मार्च सुरु गरेका छन्।

सरकार र खान नेतृत्वको पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) पार्टीबीच मार्च स्थगित गर्ने विषयमा भएको वार्ता निष्कर्षविहीन भएपछि समर्थकहरू राजधानीतर्फ अघि बढेका हुन्।

खान भ्रष्टाचारलगायतका अभियोगमा सन् २०२३ देखि जेलमा छन् । उनी र उनको पार्टीले आफूविरुद्धका अभियोग राजनीतिक रूपमा प्रेरित भएको दाबी गर्दै आएका छन्। कारागारमा रहे पनि खानले ठूलो जनसमर्थन कायम राखेका छन् ।

पिटिआई समर्थकहरू ट्रक, बस र कारमा लक्की मारवत जिल्लाबाट राजधानीतर्फ अघि बढेका छन्। मार्चको नेतृत्व खैबर पख्तुनख्वाका मुख्यमन्त्री तथा खानका समर्थक सोहेल अफ्रिदीले गरेका छन् ।

प्रदर्शनकारीलाई इस्लामावाद प्रवेश गर्न नदिन अधिकारीहरूले मुख्य मार्ग तथा सहरभित्र कन्टेनर राखेर सडक अवरुद्ध गरेका छन्।

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

दक्षिणपूर्वी एसियामा चीनको सैन्य पहुँच विस्तार, लाओसमा नयाँ हवाई केन्द्र सञ्चालन

ब्राजिल निर्वाचन : पूर्वराष्ट्रपति जइरका छोरा फ्लेभियोलाई अग्रता, बोल्सोनारो परिवार मालामाल

इजरायलमा तीन वर्षमा १ हजार ३१८ सुरक्षाकर्मीको मृत्यु

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेट–रिपब्लिकनबीच कडा प्रतिस्पर्धा

आर्कटिकमा अमेरिकी चासो बढाउँदै रुबियो

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘अप्टोजेनेटिक्स’ का खोजकर्ताहरूलाई प्रदान गरिने

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग
































प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ८ : ०१ बजे

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको