क्रोएसिया र रसियाको शानदार जित, स्लोभाकिया र स्लोवेनियाले अंक बाँडे « Khabarhub

क्रोएसिया र रसियाको शानदार जित, स्लोभाकिया र स्लोवेनियाले अंक बाँडे


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वकपको युरोपेली छनोट अन्तर्गत गए राति भएका दुई खेलमा क्रोएसिया र रसियाले शानदार जित निकालेका छन् ।

समूह एचको खेलमा क्रोएसियाले माल्टालाई ७–१ गोल र अर्को खेलमा रसियाले साइप्रसलाई ६–० ले अन्तरले हराएको हो ।

यी दुवै टिम विश्वकपमा सोझै छनोट हुने टुङ्गो आईतबार लाग्नेछ । क्रोएसियाले अब आईतबार समूह एचको फाइनल खेलमा रसियालाई घरेलु मैदानमा आमन्त्रण गर्नेछ ।

यससँगै दुई अंकको अग्रता लिएको रसियाका लागि आगामी खेलमा बराबरीको नतिजाले मात्र पनि विश्वकपमा छनोट गराउनेछ । समूह एचमा रसिया २२ अंक सहित शीर्ष स्थानमा छ ।

क्रोएसियाले भने तेस्रो स्थानको स्लोभाकियासँग ९ अंकको अग्रता लिएको छ । सोही समूहको अर्को खेलमा स्लोभाकिया र स्लोवेनियाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

क्रोएसिया २० अंक सहित दोस्रो स्थानमा छ ।

 

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ९ : ०८ बजे

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले