लिचेस्टाइनमाथि जर्मनीको फराकिलो जित « Khabarhub

लिचेस्टाइनमाथि जर्मनीको फराकिलो जित


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौँ – विश्वकप २०२२ को युरोपेली छनोटमा जर्मनीले लिचेस्टाइनमाथि ९-० को फराकिलो जित हात पारेको छ ।

जर्मनीको जितमा लोरे साने र थोमस मुलरले समान दुई गोल गरे । त्यस्तै एलके गुन्डोगन, मार्को रिउस, रिडल बाकुले एक गोल गरे । जर्मनीले दुई गोल लिचेस्टाइनका ड्यानिय कौफम्यान र म्याक्सिमिलियन गोपेलबाट आत्मघाती उपहार पाएको थियो ।

नवौं मिनेटमा जेन्स होफेरले रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि लिचेस्टाइन १० खेलाडीमा सीमित बनेको थियो ।

जितसँगै समूह ‘जे’ मा नौ खेलबाट २४ अंक जोडेको जर्मनी समूहको शीर्ष स्थानमा छ । समान खेलमा नर्थ मासेडोनिया १५ र रोमानिया १४ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छ ।

अर्मेनिया १२ र आइसल्यान्ड ९ अंक जोड्दै चौथो र पाँचौ स्थानमा छ । त्यस्तै समान खेलबाट एक अंक जोडेको लिचेस्टाइन भने तालिकाको पुछारमा छ ।

समूह ‘जे’बाट यसअघि नै विश्वकपको यात्रा पक्का गरिसकेको जर्मनीले समूहमा बलियो प्रभाव जमाएको छ।

 

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ९ : ३२ बजे

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले