उपमेयर कपमा आज सेमिफाइनलका दुई खेल हुँदै « Khabarhub

उपमेयर कपमा आज सेमिफाइनलका दुई खेल हुँदै


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबलमा आज शुक्रबार सेमिफाइनलका दुई खेल हुँदैछन् ।

दिनको पहिलो सेमिफाइनल खेलमा १२ बजे झापाको कनकाई नगरपालिका र ललितपुर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

अन्तिम आठको खेलमा कनकाईले गोदावरी नगरपालिकालाई ३-० गोल अन्तरले पराजित गर्दा ललितपुरले शिवसताक्षी धाम नगरपालिकामाथि जित निकालेको थियो ।

दोस्रो सेमिफाइनलमा दिउँसो ३ बजे गौरीगंगा नगरपालिका र धनगढी उप महानगरपालिकाबीच फाइनल प्रवेशका लागि भिडन्त हुनेछ ।

विजेताले आइतबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । ३१ टोली सहभागी प्रतियोगिताको विजेताले ५ लाख पाउँनेछ भने उपविजेताले २ लाख ५० हजार पाउनेछन् ।

यस्तै फाइनल खेल्ने दुई टोली राष्ट्रिय महिला लिगमा छनोट हुनेछन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ९ : ५५ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि