बालकको उपचारका लागि देउसी खेलेर सहयोग | Khabarhub Khabarhub

बालकको उपचारका लागि देउसी खेलेर सहयोग


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको कमल गाउँपालिका ५ स्थित एक विपन्न परिवारका बालकको उपचारका लागि तिहारमा देउसी खेलेर रकम संकलन गरिएको छ ।

स्थानीय सगुन युवा क्लबले आर्थिक अवस्था अत्यन्त कमजोर भएका गीता लिम्बूका २ वर्षीय बिरामी छोराको उपचारका लागि सहयोग जुटाउन देउसी खेलेको हो ।

देउसीबाट संकलित २८ हजार ७ सय ४० रुपैया बालकको परिवारलाई हस्तान्तरण गरिएको क्लबका सचिव रोशन दाहालले जानकारी दिए । उनका अनुसार टाउकोमा पानी जमेर आर्थिक अवस्थाका कारण उपचार गर्न नपाएका बालकको उपचारमा सघाउन देउसीको माध्यम अपनाइएको हो ।

सांगितिक कार्यक्रम सम्पन्न

स्थानीय सगुन युवा क्लवले बर्सेनि आयोजना गरिआएको सगुन साँझ यसवर्ष पनि विहिबार राति सम्पन्न गरेको छ । दिपावली ,छैठ तथा उद्यौली पर्वका अवसर पारेर बर्सेनि आयोजना गर्दे आएको सांस्कृतिकमूलक सगुन साँझ यसवर्ष भव्य रूपले सम्पन्न गरिएको हो ।

क्लबका अध्यक्ष देवेन्द्रराज आङदेम्बेको अध्यक्षतामा भएको सगुन साँझ सांगीतिक कार्यक्रममा भ्वाइस अफ नेपाल सिजन २ का विजेता राम लिम्बू तथा स्थानीय कलाकारहरुले गीत,नृत्य प्रस्तुत गरेका थिए । बिरामीको उपचारमा सहयोग जुटाउने एवम् हरेक वर्ष हुँदै आएको कार्यक्रमलाई निरन्तरता दिने उद्देश्यले कार्यक्रम गरिएको क्लबले जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ११ : ३९ बजे

कञ्चनपुरबाट तीन सय ६१ बोरा अवैध गहुँ बरामद

 कञ्चनपुर– कञ्चनपुरबाट सशस्त्र प्रहरीले तीन सय ६१ बोरा अवैध गहुँ

‘मिस पिंक २०२४’ सम्पन्न (तस्बिरहरु)

काठमाडौं – ‘मिस पिंक २०२४’ को उपाधिको ताज अनमोल राईले

सबै विपक्षी जुटाएर मोर्चा कस्ने कांग्रेसको रणनीति, को को सहभागी भए बैठकमा ?

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सबै विपक्षी दलहरूलाई जुटाएर सत्ता

घरबाट साङ्ला कसरी भगाउने ?

काठमाडौं– गर्मी बढेसँगै प्रायः भान्सामा साङ्ला सलबलाउन थाल्दछन् । कतिलाई

रास्वपासँग भएको सहमतिका यी ३ बुँदा, जसलाई कांग्रेसले अस्वीकार गरेको दाबी

काठमाडौं – सहकारी ठगी प्रकरणलाई लिएर एक महिनायता नेपाली कांग्रेसको