बारको धर्ना सकियो, सर्वोच्च छिर्ने सेवाग्राहीको लाइन « Khabarhub

बारको धर्ना सकियो, सर्वोच्च छिर्ने सेवाग्राहीको लाइन


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै गरेको नेपाल बार एसोसिएसनको आजको धर्ना सकिएको छ ।

प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेश गर्न नदिने उद्देश्यका साथ आज कानुन व्यवसायी धर्नामा बसेका थिए । तर, प्रधानन्यायाधीश जबरा अर्कै गेट प्रयोग गरी कार्यालय प्रवेश गरेका थिए ।

कार्यपालिकासँग राजनीतिक भागबण्डा खोजेकोसहितका आरोप लगाउँदै प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार निरन्तर आन्दोलनमा उत्रिएको छ ।

बारको आजको धर्ना सकिएसँगै सेवाग्राहीले सर्वोच्च अदालत प्रवेश पाएका छन् । सर्वोच्च प्रवेश गर्ने सेवाग्राहीको लाइन नै लागेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  १२ : १३ बजे

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्