नगरपालिकाले सिर्जना गर्‍यो चाम्लिङ भाषा श्रोत शिक्षकको दरबन्दी « Khabarhub

नगरपालिकाले सिर्जना गर्‍यो चाम्लिङ भाषा श्रोत शिक्षकको दरबन्दी


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– चाम्लिङ भाषाको पठन पाठनका लागि हलेसी तुवाचुङ नगरपालिकाले नगर शिक्षक (चाम्लिङ भाषा श्रोत शिक्षक)को दरवन्दी सिर्जना गरेको छ ।

चाम्लिङ भाषाको पठन पाठन गर्ने विद्यालयलाई प्रोत्साहन भत्ता र पुस्तक ढुवानी खर्च समेत उपलव्ध गराउँदै आएको नगरपालिकाले तुवाचुङ नगरपालिका–८ धितुङस्थित सर्वावती प्राविका लागि प्रावि तहको नगर शिक्षक (चाम्लिङ भाषा श्रोत शिक्षक)को एक दरवन्दी सिर्जना गरेको हो ।

नगर शिक्षा समितिको ११ कात्तिकको निर्णयअनुसार चाम्लिङ भाषा शिक्षण तथा चाम्लिङ भाषाको श्रोत शिक्षकका रुपमा कामकाज गर्न व्यवस्थापन समितिले २२ कात्तिकमा विज्ञापन आव्हान गरेको छ । कम्तीमा आइएड उत्तिर्ण गरेका उम्मेद्वाले नगर शिक्षक (चाम्लिङ भाषा श्रोत शिक्षक)का लागि आवेदन दिन सक्नेछन् ।

नगर शिक्षक (चाम्लिङ भाषा श्रोत शिक्षक)ले मासिक १३ हजार पाँच सय तलब सुविधा पाउने विद्यालयले जनाएको छ । चाम्लिङ भाषा शिक्षण तथा चाम्लिङ भाषाको श्रोत शिक्षकको रुपमा कामकाज गर्न नगर शिक्षक कार्यविधि बमोजिम प्राथमिक तहको नगर शिक्षक सरह हुने गरी नगर शिक्षक (चाम्लिङ भाषा श्रोत शिक्षक)को दरबन्दी कायम गरिएको मेयर इवन राईले बताए ।

हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका सात विद्यालयमा २०६५ सालदेखि एक विषय चाम्लिङ राई भाषामा पठन–पाठन भइरहेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ४ : १० बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको