क्यूआर कोड र इसेवाबाट एमालेलाई चन्दा ! « Khabarhub

क्यूआर कोड र इसेवाबाट एमालेलाई चन्दा !


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले आसन्न १०औं महाधिवेशनमा गरिने खर्च उठाउन क्यूआर कोड सार्वजनिक गरेको छ ।

कार्यकर्ता  र सुभेच्छुकलाई न्युनतम १०० रुपैयाँ बैंक खातामा जम्मा गर्न आग्रह गर्दै खाताको क्यूआर कोड सार्वजनिक गरेको हो । महाधिवेशनका लागि लोगो सार्वजनिकसँगै एमालेले चन्दा प्रयोजनका लागि क्यूआर कोडसँगै इसेवा र फोन पेबाट न्युनतम १०० रुपैयाँ जम्मा गर्न भनेको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पार्टीका सदस्यलाई आफ्नो सदस्यता नम्बरसहित सहयोगको अपिल गरिएको र शुभेच्छुकलाई परिचयसहित सहयोग गर्न आग्रह गरिएको बताए ।

यसअघि एमालेले राष्ट्रिय वाणिज्य बैंक टेकुमा रहेको पार्टीको खातामा रकम जम्मा गर्न भनेको थियो । तर, लोगो सार्वजनकि गर्न आयोजित कार्यक्रममा भने चन्दाका लागि क्यूआर कोड, इसेवा र फोन पे एप्स सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ६ : ५९ बजे

एसिसी प्रिमियर कपः पहिलो खेलमा आज बहराइनसँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

तनहुँ– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले सञ्चालन

सप्तकोशीमा पानीको बहाव बढ्यो : २२ ढोका खोलिए

सुनसरी – सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १५ गते सोमबार सन् २०२६