सर्वोच्चमा बन्दीका मुद्दामा पनि भएन सुनुवाइ « Khabarhub

सर्वोच्चमा बन्दीका मुद्दामा पनि भएन सुनुवाइ


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले शुक्रबार बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोके पनि न्यायाधीशहरु इजलासमा नबस्दा कुनै पनि सुनुवाइ हुन सकेन ।

प्रधानन्यायाधीश राणाले आठवटा इजलासमा पेसी तोकेका थिए । तीमध्ये सात संयुक्त र एउटा एकल इजलास थियो । ती सबै इजलासमा ‘बेञ्च नबसेको’ भनेर जनाइएको छ ।

यसअघि न्यायाधीशले बन्दीप्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गरेका थिए तर आज ती मुद्दामा पनि सुनुवाइ भएन । यही कात्तिक ७ गते आइतबारदेखि प्रधानन्यायाधीशमाथि लागेका आरोपका कारण उठेको प्रश्नको जवाफ माग गर्दै न्यायाधीशहरुले मुद्दामा सुनुवाइ गर्न इन्कार गर्दै आएका छन् । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ६ : १४ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।