कांग्रेसले निर्वाचन अधिकृतमा शिक्षकहरू परिचालन गर्‍यो « Khabarhub

कांग्रेसले निर्वाचन अधिकृतमा शिक्षकहरू परिचालन गर्‍यो


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी-  नेपाली कांग्रेस महोत्तरीले शनिबार हुने अधिवेशनका लागि नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरूलाई निर्वाचन अधिकृतका रूपमा परिचालन गरेको छ ।

जिल्लाका १३८ वटा वडाहरूमा एक-एक जना शिक्षकलाई परिचालन गरेको नेपाली कांग्रेस महोत्तरीले जनाएको छ ।

१३८ मध्ये ८० प्रतिशत वडाहरूमा सर्वसम्मत चयन हुने र बाँकी २० प्रतिशतमा अझै विवाद रहेको नेपाली कांग्रेस महोत्तरीका सभापति महेन्द्रकुमार रायले जानकारी दिए ।

विवाद रहेका २० प्रतिशत वडाहरूमा सर्वसम्मत प्रयास गर्ने यदि विवाद यथावत् रहेमा निर्वाचन गरेर भए पनि वडा अधिवेशन सम्पन्न गर्ने नेपाली कांग्रेसको तयारी छ ।

क्रियाशील सदस्यहरूको विवाद समाधान भएपछि नेपाली कांग्रेसले १३ वटा जिल्लाहरूमा नयाँ अधिवेशनको कार्यातालिका सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ९ : ४५ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन