पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विप्लव समूहको मसाल जुलुस « Khabarhub

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विप्लव समूहको मसाल जुलुस


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा नेकपा विप्लव र माओवादी मजदुर पार्टीले संयुक्त रूपमा मसाल जुलुस प्रदर्शन गरेको छ ।

शुक्रबार साँझ रियाद पेट्रोल पम्प परिसरबाट नेकपा विप्लव र माओवादी मजदुर पार्टीका कार्यकर्ताले मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै उनीहरू मूल्यवृद्धि फिर्ताको माग गर्दै मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

मूल्यवृद्धिको विरोधमा कटारी, नेपालटार, गाईघाट, बेल्टारमा मसाल जुलुस प्रदर्शन गरिएको नेपाल कम्युनिस्ट पार्टी विप्लवका उदयपुर सेक्रेटरी लक्ष्मण पौडेलले जानकारी दिए ।

सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको छ । खाना पकाउने ग्यासको पनि मूल्य वृद्धि भएको छ ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको हो । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ पुर्‍याइएको छ ।

बढेको मूल्यसँगै पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मट्टितेलको प्रतिलिटर ११९ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ८ : २४ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन