जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको मृत्यु, ८ जना गम्भीर घाइते « Khabarhub

जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको मृत्यु, ८ जना गम्भीर घाइते


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४, बिञ्जेलमा विवाहको बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जन्ती बोकेको बा २ ख ५६१४ नम्बरको बस शनिबार राति दुर्घटना हुँदा चालक बलेफी-६ बदर्पाका राजु तामाङको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् । अन्य सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारको लागि सिन्धु सदावहार अस्पताल खाडिचौर र धुलिखेल अस्पताल लगिएको छ ।

बसमा ३० जना सवार रहेको अनुमान गरिएको छ । बलेफी-५ का स्थानीय सन्तोष भुजेलको बिवाहको जन्ती लिएर काभ्रेको भुम्लु जान लागेको बस राति ९ बजे दुर्घटनामा परेको हो ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ६ : ३० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी