शीर्ष स्थानको मिलान र युभेन्ट्स बराबरीमा रोकिए | Khabarhub Khabarhub

शीर्ष स्थानको मिलान र युभेन्ट्स बराबरीमा रोकिए


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शीर्ष क्लब एसि मिलान र युभेन्ट्स इटालियन सिरी ए अन्तर्गत शनिबार राति भएको फरक खेलमा बराबरीमा रोकिएका छन् ।

खेलको इन्जरी समयमा अनुभवी खेलाडी जाल्टान इभ्राहिमोभिकको गोलसँगै शीर्ष स्थानको मिलान १० खेलाडीमा सीमित उडिनेससँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको १७ मिनेटमा उडिनेसले बेटोको गोलमा अग्रता बनायो । इन्जरी समयमा जाल्टानले गोल गर्दा उडिनेस घरेलु मैदानमा जितबाट बञ्चित भयो । खेलको अन्तिम मिनेटमा घरेलु टोलीका इशाक सक्सेकले रातो कार्ड बेहोरेका थिए ।

बराबरीसँगै एसि मिलान १७ खेलबाट ३९ अंक सहित शीर्षस्थानमा यथावत छ । इन्टर मिलान भने १ खेल कम खेल्दै ३७ अंक बनाएर दोस्रो स्थानमा छ । पराजित उडिनेस भने १७ खेलबाट १७ अंकसहित १५औँ स्थानमा छ ।

अर्को खेलमा भ्रणकारी टोली युभेन्ट्स भेनेजियासँग १-१ अन्तरको बराबरीमा रोकियो । खेलको सुरुआती अग्रता युभेन्ट्सले बनायो । उसका फरवार्ड अल्भारो मोरटाले खेलको ३२औँ मिनेटमा अग्रता बनाए । घरेलु टोलीका माटिया अरामुले ५५औँ मिनेटमा गोल गर्दै हार टारे ।

बराबरीसँगै युभेन्ट्स १७ खेलबाट २८ अंकसहित छैटौँ स्थानमा छ । पराजित भेनेजिया समान खेलबाट १६ अंक बनाउँदै १६औँ स्थानमा छ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ९ : २५ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका