महामन्त्री पदका उम्मेदवार महतले सार्वजनिक गरे प्रतिबद्धता पत्र « Khabarhub

महामन्त्री पदका उम्मेदवार महतले सार्वजनिक गरे प्रतिबद्धता पत्र


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसमा महामन्त्री पदका उम्मेद्वार डा.प्रकाशशरण महतले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

१४औँ महाधिवेशनमा शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका महतले आइतबार अवधारणा पत्र सार्वजनिक गर्दै ‘पार्टीलाई सबल, सुदृढ र ब्यवस्थित गर्दै कार्यकर्ता तथा नागरिकप्रति उत्तरदायी बनाउने उद्देश्य र प्रतिबद्धताका साथ महामन्त्रीको पदमा उम्मेदवार बन्ने निर्णय गरेको’ बताएका हुन् ।

कांग्रेसलाई नेपालको लोकतन्त्रको पर्यायको रुपमा स्थापित गर्दै सबल बनाएर आमनागरिकको आर्थिक समुन्नतिको सारथी बनाउने संकल्प उनले लिएका छन् ।

कांग्रेसको मार्गनिर्देशक लोकतान्त्रिक समाजवादको समयानुकूल ब्याख्या गरी सामाजिक न्यायलाई उच्च प्राथमिकता दिँदै समुन्नत र समतामूलक समाज स्थापना गर्ने नीति, रणनीति र कार्यक्रम तय गरिने उनले बताएका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  १० : ४५ बजे

सत्ताको भागबण्डा अब चाँडै मिल्छ

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक विश्वासको मत लिएपछि नेपाली कांग्रेससहित

अमेरिकाको एक स्कुलमा गोली चल्यो, ६ जनाको मृत्यु

काठमाडौँ-अमेरिकाको टेनेसीको निजी स्कुलमा गोली चल्दा तीन बालबालिकासहित ६ जनाको

सगरमाथासहित ४ हिमाल सफा गर्ने टोलीको बिदाइ आज

काठमाडौँ – ‘सफा हिमाल अभियान २०२३’ अन्तर्गत सफाइ अभियानमा सहभागी

फ्रान्सको लगातार दोस्रो जित, आयरल्याण्ड पराजित

काठमाडौँ- युरोकप छनोटमा फ्रान्सले लगातार दोस्रो जित निकालेको छ। आयरल्यान्डस्थित

झपक्कै फुल्यो आँप

तुलसीपुर – यस वर्ष दाङमा विगतभन्दा अत्यधिक मात्रामा आँप फुलेको