क्युबामा डुङ्गा डुब्दा दुई जनाको मृत्यु « Khabarhub

क्युबामा डुङ्गा डुब्दा दुई जनाको मृत्यु


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- तेइस जना आप्रवासी बोकेको एउटा स्पीडबोट क्युबाको तटमा डुब्दा दुई जनाको मृत्यु भएको क्युवाको आन्तरिक मन्त्रालयले शनिबार जनाएको छ ।

यात्रुको अत्यधिक चाप र र खराब मौसमले उक्त दुर्घटना भएको  जनाइएको छ ।  उक्त दुर्घटनामा दुई पुरुषको शव फेला परेको छ भने “दुई नाबालिग, सात महिला र अन्य १२ जना पुरुषको उद्धार गरिएको मन्त्रालयले विज्ञप्ति मार्फत् जानकारी गराएको छ ।

हवानासँग सीमा जोडिएको प्रान्त मायाबकको सान्ता क्रुज डेल नोर्टे सहर नजिकै उक्त दुर्घटना भएको हो ।

गत मे महिनामा पनि संयुक्त राज्य अमेरिकाको फ्लोरिडाको किनारमा पुग्ने प्रयास गर्दा समुद्रमा दुई क्युबाली आप्रवासीको मृत्यु भएको र अन्य १० जना बेपत्ता भएका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ११ : ३५ बजे

आधिकारिकता पाएपछि उपसभापति भुसालले भनिन् : कांग्रेस एकताबद्ध बनाउँछौँ

काठमाडौं- गगन थापा अन्तत: नेपाली कांग्रेसका आधिकारिक सभापति भएका छन्

पूर्णबहादुरले भने : आयोगको निर्णयविरुद्ध संघर्ष गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसका निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनलाई

पूर्णबहादुर खड्काको आरोप : आयोगले सेटिङमा निर्णय गर्‍यो

काठमाडौं – नेपाली कांग्रेस देउवा समूहका कार्यवहाक सभापति पूर्ण बहादुर

गगन पक्षलाई मान्यता दिँदा आयोगको निष्कर्ष : कांग्रेसमा महाधिवेशन प्रतिनिधि नै सर्वोच्च

काठमाडौं– निर्वाचन आयोगले गगन थापा समूहलाई नेपाली कांग्रेसको मान्यता दिँदा