एमाले बैठक : दुर्गा प्रसाईँसहित ४४ जनालाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव « Khabarhub

एमाले बैठक : दुर्गा प्रसाईँसहित ४४ जनालाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको बैठकमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित ४४ जनालाई केन्द्रीय सदस्य बनाउन प्रस्ताव गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा सञ्चालक प्रसाईँसहित ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने प्रस्ताव गरेका  हुन् ।

छलफलबिनै प्रस्ताव पुगेको भन्दै नेतृ अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, गोकर्ण विष्टलगायतले भने विरोध गरेका छन् । सोमबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले मनोनितको नाम प्रस्ताव गरेका हुन् ।

विधानअनुसार खुला २०, महिला १५ जना र पार्टी एकताको प्रक्रियाबाट नौ जना मनोनितका लागि प्रस्ताव गरिएको जनाइएको छ ।

मनोनितका लागि प्रस्तावितहरूमा प्रसाईँसहित एमालेका प्रमुख सचेतक विशाल भट्टराई, लालबाबु पण्डितदेखि विद्यार्थी नेता ऐन महरसम्म छन् । प्रसाई मेडिकल व्यवसायी हुन् । उनी माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए । पण्डित पदाधिकारीमा नाम नपरेपछि एमालेको महाधिवेशन नै छाडेर हिँडेका थिए । विगतमा उनी एमालेमा माधवकुमार नेपाल निकट थिए ।
यस्तै  दल फडेरा, मानवीर राई, चन्द्रमोहन गौचन, रतनाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज बास्तोला, उद्धव रेग्मी, बद्री न्यौपाने, रुपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण व्यञ्जनकार, भीम केसी, सुभास देवकोटा, चुडादेव सिंह, रेशम लामा, दुर्गा प्रसाई, गोविन्द दुवाल, सहदेव बोगटी, बालसिंह काउछा, कृष्ण केसी, चन्द्रबहादुर विक र विषमलाल अधिकारी छन् ।

यस्तै महिलातर्फ इन्दिरादेवी गौतम, सरस्वती चौधरी, यमुना रोका, उमा कोइराला, कल्पना चापागाई, आशा विक, नैनकला ओझा, मन्जु गुरुङ, विमला अर्याल, इन्दिरा सन्जाल, शान्ति अधिकारी, रुक्मीणि राठा, सरस्वती यादव, तारादेवी गुरुङ र गीता कार्की छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  २ : ०८ बजे

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, सार्वजनिक यातायातमा ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य

काठमाडौं– बडादसैँ, दीपावली, नेपाल सम्वत् र छठपर्वको सुरक्षा व्यवस्थालाई भरपर्दो

मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रवि लामिछानेले दिए बधाई

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व