गाउँपालिकाले दियो पहिरोमा परेर ज्यान गुमाएको परिवारलाई थप रकम « Khabarhub

गाउँपालिकाले दियो पहिरोमा परेर ज्यान गुमाएको परिवारलाई थप रकम


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– इलामको फाकफोकथुम गाउँपालिकाले बेमौसमको वर्षापछि गएको पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई जनही एक–एक लाखका दरले राहत रकम दिएको छ । गत २ र ३ कात्तिकमा अविरल वर्षाका कारण गएको पहिरोमा परेर ज्यान गुमाउने चारजनाको परिवारलाई एक–एक लाख रुपैयाँको दरले राहत रकम दिएको हो ।

गाउँपालिका अध्यक्ष राम श्रेष्ठ, उपाध्यक्ष सरु राई, वडाध्यक्ष राजु पौडेलले घरैमा पुगेर पीडित परिवारलाई राहात रकम प्रदान गरेका हुन् । फाकफोकथुम गाउँपालिका-३ आमचोकमा पहिरोमा परेर एकै परिवारको चारजनाको मृत्यु भएको थियो ।

घरमाथिबाट आएको पहिरोले का ८६ वर्षे नैनसिंह कटुवाल, १५ वर्षीया निशाना कटुवाल र १२ वर्षे निश्चित कटुवालको मृत्यु भएको छ । सोही पहिरोमा परेर ७५ वर्षीया रणजता थापाको समेत मृत्यु भएको थियो । थापा नैनसिह कटुवालको बहिनी हुन् । पहिरोले कटुवाल परिवारको घर समेत पूर्ण रूपमा नष्ट गरेको छ । गाउँपालिकाले उनीहरूको घर निर्माणको लागि समेत एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । यसअघि सरकारले कटुवाल परिवारलाई तीन लाख रुपैयाँ राहात उपलब्ध गराएको थियो ।

पहिरोका कारण फाकफोकथुम गाउँपालिकामा मात्रै ६ जनाले ज्यान गुमाएका थिए । फाकफोकथुम गाउँपालिकाको(१ ठिङ्गेपुरका २१ वर्षकी टिना शेर्मा र १४ वर्षका आइतबहादुर राईको समेत पहिरोमा परेर मृत्यु भएको थियो । उनीहरूको परिवारलाई समेत राहत रकम उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाकी उपाध्यक्ष सरु राईले जानकारी दिइन् ।

जिल्ला प्रशासन कार्यालयले राई र शेर्माको परिवारलाई समेत जनही दुई(दुई लाख रुपैयाँ राहत उपलब्ध गराएको थियो । इलाम जिल्लामा पहिरोमा परेर १५ जनाको मृत्यु भएको थियो । त्यसमध्ये १३ जनाले मात्रै राहत पाएका छन् । दुई जनाको राहत दिन मिल्ने नजिकको नातेदार नभएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए । हालसम्म १२ जनाको परिवारले राहत रकम लिइसकेका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ४ : ४१ बजे

आधिकारिकता पाएपछि उपसभापति भुसालले भनिन् : कांग्रेस एकताबद्ध बनाउँछौँ

काठमाडौं- गगन थापा अन्तत: नेपाली कांग्रेसका आधिकारिक सभापति भएका छन्

पूर्णबहादुरले भने : आयोगको निर्णयविरुद्ध संघर्ष गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसका निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनलाई

पूर्णबहादुर खड्काको आरोप : आयोगले सेटिङमा निर्णय गर्‍यो

काठमाडौं – नेपाली कांग्रेस देउवा समूहका कार्यवहाक सभापति पूर्ण बहादुर

गगन पक्षलाई मान्यता दिँदा आयोगको निष्कर्ष : कांग्रेसमा महाधिवेशन प्रतिनिधि नै सर्वोच्च

काठमाडौं– निर्वाचन आयोगले गगन थापा समूहलाई नेपाली कांग्रेसको मान्यता दिँदा