डोल्पाको पीडा : चामलको मूल्यभन्दा ढुवानीको मूल्य बढी « Khabarhub

डोल्पाको पीडा : चामलको मूल्यभन्दा ढुवानीको मूल्य बढी


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– उपल्लो डोल्पामा खाद्यान्नको मूल्यभन्दा ढुवानीको मूल्य बढी पर्ने गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दिएको विवरणअनुसार उपल्लो डोल्पाको सालदाङ बिक्री केन्द्रमा चामल ढुवानी गर्न प्रतिकेजी ९० रुपैयाँ पर्ने गर्दछ ।

प्रतिक्विन्टल उपल्लो डोल्पाको सालदाङमा जिरा मसिनोको मूल्य सात हजार रुपैयाँ, मोटाको पाँच हजार र सोना पाँच हजार ६०० रुपैयाँमा कम्पनीले उपलब्ध गराउदै आएको छ । सुर्खेतदेखि धोसम्मको प्रतिकेजी ६५ रुपैयाँ, धारगाउँ ५६ रुपैया र सालदाङमा ९० रुपैयाँमा प्रतिकेजी चामलको ढुवानी भाडा लाग्दै आएको छ ।

सबैभन्दा बढी सालदाङमा चामल पुर्‍याउन नौ हजार रुपैयाँ ढुवानी भाडा लाग्छ भने चामलको मूल्य सबैभन्दा बढी प्रतिक्विन्टल सात हजार रुपैयाँ छ । जबकि ढुवानी भाडा चामलको मूल्यभन्दा दुई हजार रुपैयाँ बढी छ ।

निजी क्षेत्रबाट बिक्री गर्ने चामलमा ३० केजीको चामललाई ‘धो’ मा ६ हजार पर्छ भने ‘तिन्जे’मा ७ हजार रुपैयाँ पर्ने गरेको डोल्पोबुद्ध गाउँपालिका–१ का पेमा गुरुङले बताइन् । सात हजार रुपैयाँ तिरेर पनि खाद्यान्न पाउन नसकेको उनले गुनासो गरिन् ।

हिमपातका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामलसमेत ढुवानी कार्य रोकिएको छ । चामल ढुवानीको जिम्मेवारी लिएका ठेकेदारले तोकिएको समयमा चामल उपल्लो डोल्पामा ढुवानी नगर्दा अहिले समस्य आएको खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाका प्रमुख कमलराज पाण्डेले बताए ।

५०० कोटा रहेको शे फोक्सुण्डोको सालदाङमा अहिलेसम्ममा १८० क्विन्टल मात्र चामल पुगेको छ । डोल्पोबुद्ध गाउँपालिका ‘धो’मा ५०० क्वन्टल कोटा रहेकोमा चामल ढुवानी गर्ने जिम्मवारी लिएको ओम जय दुर्गे ढुवानी सेवाका रामचन्द्र रोकायले अहिलेसम्ममा चामल ढुवानी नगर्दा खाद्यान्न अभाव भएको छ । त्यहाँ अहिले हिमपात भएकाले ढुवानी गर्नसमेत मुस्किल भएको होे ।

त्यस्तै छार्काताङसोङ गाउँपालिकाको ‘धारगाउँ’मा चामल ढुवानी गर्ने जिम्मेवारी लिएको नमुना ढुवानी सेवाका चेतकुमार शाहीले अहिलेसम्ममा चामल ढुवानी गरेका छैनन् । सो ठाउँमा पनि ५०० क्विन्टल चामल ढुवानी गर्ने सहमति छ ।

यी सबै कम्पनीका बिक्री केन्द्रहरू हुन् । कम्पनीले तल्लो डोल्पाको जगदुल्ला गाउँपलिकाको काइगाउँमा ५०० क्विन्टल, जुफालमा ३६० क्विन्टल र दुनैमा ५१० क्विन्टल चामल मात्र ढुवानी गरेको छ । सजिलै ढुवानी हुने ठाउँमा मात्र चामल पुर्‍याएको छ भने उपल्लो डोल्पामा अहिलेसम्ममा यो आर्थिक वर्षमा एक गेडा चामल लिइएको छैन । ढुवानीको जिम्मेवारी लिएका ठेकेदारका लापरबाहीका कारण उपल्लो डोल्पामा चामल पुग्न नसकेको हो ।

सदरमुकाम दुनैमा भरिभराउ चामल रहेको छ भने उपल्लो डोल्पामा खाद्यान्न ढुवानी नहुँदा निकै समस्य भएको धोका पेमा गुरुङले बताए । उपल्लो डोल्पामा खाद्यान्न ढुवानी गर्नका लागि अब हवाइ मार्गबाहेक अन्यमा सम्भावना नरहेको सर्वसधारणहरू बताउँछन् । ठेक्का लिने र समयमा काम नगर्ने ठेकेदारका कारण उपल्लो डोल्पाका सर्वसाधारणहरू मर्कामा परेको गुरुङले बताए ।

सुर्खेतबाट उपल्लो डोल्पा प्रतिकेजी ९० रुपैयाँमा खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यान्न पु¥याउने गर्दछ भने निजी क्षेत्रका व्यापारीले दुनैबाट उपल्लो डोल्पासम्म लिएर ८८ रुयैयाँदेखि १०० रुपैयामा ढुवानी हुने गर्दछ । जसका कारण निजी क्षेत्रले उपल्लो डोल्पामा २४० रुपैयाँसम्म प्रतिकेजी चामल खरिद गरेर खानु पर्ने बाध्यता छ । न्यूजकारखाना

 

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ६ : ०५ बजे

वीरगञ्जमा मान्छे नभएका घरमा लक्षित गर्दै गरगहना चोरी

वीरगञ्ज (पर्सा)- वीरगञ्ज महानगर क्षेत्रमा मान्छे नभएको घरलाई लक्षित गर्दै

रास्वपाद्वारा बैतडी बस दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैतडीको पुर्चौंडी नगरपालिका–७ स्थित वडूगाउँ

हवल्दार नै रास्वपाको चुनावी प्रचारमा लागेपछि पुगे हिरासत

काठमाडौं- नेपाल प्रहरीका एकजना बहालवाला हवल्दार नै राष्ट्रिय स्वतन्त्र पार्टीको

कूटनीतिक दबाबपछि यूएईद्वारा सयभन्दा बढी अफगान कैदी रिहा

दुबई- संयुक्त अरब इमिरेट्स (यूएई)ले अफगानिस्तानको विदेश मन्त्रालयको विशेष निर्देशन

फेरि समातिए दुर्गा प्रसाईं

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक