गगनको कटाक्ष : कांग्रेसमा ‘बा’ ले पढ्ने लिस्टको कुनै अर्थ छैन « Khabarhub

गगनको कटाक्ष : कांग्रेसमा ‘बा’ ले पढ्ने लिस्टको कुनै अर्थ छैन


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको जारी महाधिवेशनमा महामन्त्रीका उम्मेदवार रहेका गगन थापाले एमालेमा जस्तो लिस्ट कहिले आउँछ भनेर कांग्रेस कार्यकर्ताले कुरेर बस्नु नपर्ने बताएका छन् ।

सोमबार हुन लागेको कांग्रेसको महाधिवेशन अन्तर्गतको निर्वाचनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा थापाले एमाले महाधिवेशनका क्रममा नारायणी किनारमा बसेका एमाले प्रतिनिधिले होटलबाट अध्यक्ष केपी शर्मा ओलीको लिस्ट कहिले आउँछ भनेर कुरेर बसेको र त्यस्तो अवस्था कांग्रेसमा नहुने बताए ।

‘नारायणीको तिरमा घामा तापिरहेको एमाले कार्यकर्ताको ध्यान होटलमा थियो, लिस्ट कहिले आउँछ भनेर,’ उनले भने, ‘यहाँ बाले पढ्ने लिस्टको कुनै अर्थ छैन । महाधिवेशनको सुन्दरता छ ।’

उनले यो कांग्रेस भित्रै प्रतिस्पर्धा भएको भन्दै भृकुटीमण्डपमा भेला भएका मतदाताको हातमा आफूहरुको भाग्य रहेको बताए । ‘भोलि हाम्रो भाग्य के हुने भन्ने छ न अनुपम न वालुवाटारमा बसेर हुन्छ। हाम्रो तागत भृकुटीमण्डपमा छ’, उनले भने ।

उनले आफूहरु पार्टीमा कसैलाई पराजित गर्न नभइ जितेर सिंगो पार्टीलाई वजयी बनाउन चाहिरहेको बताए । ‘कसैलाई हामी हराउँदै छैनौं । हामी जितेर सिंगो पार्टीलाई विजयी बनाउन चाहन्छौं’, उनले भने ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ७ : ३९ बजे

खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा

रुपन्देही अदालतमा प्रक्रिया पूरा गरेपछि थुनामुक्त भए रवि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार अपरान्ह

खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा

बङ्गलादेशको अखवार भवनमा आगलागी, २५ जना पत्रकारको उद्धार

ढाका- ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी

मिर्चैया अस्पतालको पुरानो भवनबाट नगरपालिकाको सेवा सुरु

सिरहा– यहाँको मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा