एमाले कार्यविभाजन : ओली र पोखरेललाई समग्र पार्टी, बादललाई राष्ट्रिय सुरक्षा « Khabarhub

एमाले कार्यविभाजन : ओली र पोखरेललाई समग्र पार्टी, बादललाई राष्ट्रिय सुरक्षा


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले पदाधिकारीहरुको कार्यविभाजन गरेको छ । आइतबार भक्तपुरस्थित गट्ठाघरमा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको कार्यविभाजन गरेको हो ।

केन्द्रीय कमिटीमा मनोनयन, पोलिटव्यूरो र स्थायी कमिटी चयन गरेको आजको बैठकले नेताहरुको कार्य विभाजन गरेको हो । जसअनुसार अध्यक्ष केपी शर्मा ओलीलाई समग्र पार्टीको कार्यविभाजन तोकिएको छ ।

त्यस्तै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी दिइएको छ ।

यस्तो छ पदाधिकारीको कार्यविभाजन

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल : नीति अनुसन्धान प्रतिष्ठान

उपाध्यक्ष युवराज ज्ञवाली : स्थानीय तह प्रदेश र संघ

उपाध्यक्ष अष्टलक्ष्मी शाक्य : राजनीतिक समन्वय

उपाध्यक्ष रामबहादुर थापा बादल : राष्ट्रिय सुरक्षा

उपाध्यक्ष विष्णु पौडेल : पार्टी संगठन अनुगमन

उपाध्यक्ष सुवास नेम्वाङ : संसदीय अनुगमन

उपाध्यक्ष सुरेन्द्र पाण्डे : राजकीय मामिला

महासचिव शंकर पोखरेल : समग्र पार्टी

प्रदीप ज्ञवाली : स्कुल विभाग

पृथ्वीसुब्बा गुरुङ : प्रचार विभाग

विष्णु रिमाल : आर्थिक लेखा लगायत

योगेश भट्टराई : स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख

भीष्म अधिकारी : कार्यालय सचिव

खगराज अधिकारी : संगठन विभाग

 

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ८ : ३५ बजे

एल्गोरिदमको लोकप्रियताले मुलुकलाई युक्रेनजस्तै बनाउन सक्छ : आङदेम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक अप्ठेरो

कांग्रेसमा सभापतिलाई थप अधिकार, ६१ केन्द्रीय सदस्यदेखि चार सहमहामन्त्रीसम्म मनोनीत गर्न पाउने

काठमाडौं – नेपाली कांग्रेसको विधानले पार्टी सभापतिलाई विभिन्न पदमा नेताहरू

गगनले मीन विश्वकर्मालाई सह-महामन्त्री बनाउँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्रीका आकांक्षी मीन विश्वकर्माले कुनै

गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्वका निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडाैँ – सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका नाममा दीर्घकालीन महत्वका

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा