एमाले कार्यविभाजन : ओली र पोखरेललाई समग्र पार्टी, बादललाई राष्ट्रिय सुरक्षा « Khabarhub

एमाले कार्यविभाजन : ओली र पोखरेललाई समग्र पार्टी, बादललाई राष्ट्रिय सुरक्षा


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले पदाधिकारीहरुको कार्यविभाजन गरेको छ । आइतबार भक्तपुरस्थित गट्ठाघरमा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको कार्यविभाजन गरेको हो ।

केन्द्रीय कमिटीमा मनोनयन, पोलिटव्यूरो र स्थायी कमिटी चयन गरेको आजको बैठकले नेताहरुको कार्य विभाजन गरेको हो । जसअनुसार अध्यक्ष केपी शर्मा ओलीलाई समग्र पार्टीको कार्यविभाजन तोकिएको छ ।

त्यस्तै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी दिइएको छ ।

यस्तो छ पदाधिकारीको कार्यविभाजन

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल : नीति अनुसन्धान प्रतिष्ठान

उपाध्यक्ष युवराज ज्ञवाली : स्थानीय तह प्रदेश र संघ

उपाध्यक्ष अष्टलक्ष्मी शाक्य : राजनीतिक समन्वय

उपाध्यक्ष रामबहादुर थापा बादल : राष्ट्रिय सुरक्षा

उपाध्यक्ष विष्णु पौडेल : पार्टी संगठन अनुगमन

उपाध्यक्ष सुवास नेम्वाङ : संसदीय अनुगमन

उपाध्यक्ष सुरेन्द्र पाण्डे : राजकीय मामिला

महासचिव शंकर पोखरेल : समग्र पार्टी

प्रदीप ज्ञवाली : स्कुल विभाग

पृथ्वीसुब्बा गुरुङ : प्रचार विभाग

विष्णु रिमाल : आर्थिक लेखा लगायत

योगेश भट्टराई : स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख

भीष्म अधिकारी : कार्यालय सचिव

खगराज अधिकारी : संगठन विभाग

 

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ८ : ३५ बजे

सिरहामा गोली हानेर युवकको हत्या, प्रहरीले भन्यो- नाकामा सुरक्षा सतर्कता बढाएका छौँ

सिरहा– सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज  अज्ञात व्यक्तिले गोली

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं– काठमाडौँका विभिन्न क्षेत्रमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

शुक्लागण्डकीमा तीन जनाको हत्या अभियोगमा पक्राउ परेका सार्वजनिक

दमौली– जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ मा तीन जनाको हत्या गरेको अभियोगमा

सशस्त्र प्रहरीद्वारा मुक्तिनाथ मन्दिरको हिउँ पन्छायो

मुस्ताङ– मुस्ताङस्थित सशस्त्र प्रहरी बल नेपाल, ३३ नं गुल्मका सशस्त्र