अध्यक्ष ठाकुरले प्रदेश अध्यक्ष मनोनित गरेपछि लोसपामा विवाद « Khabarhub

अध्यक्ष ठाकुरले प्रदेश अध्यक्ष मनोनित गरेपछि लोसपामा विवाद


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले एकलौटी रुपमा प्रदेश २ को अध्यक्षमा जितेन्द्र सोनललाई चयन गरेकोमा तत्कालीन तमलोपा बाहेकका नेताहरुले बिरोध गरेका छन् ।

अध्यक्ष ठाकुरले पार्टीको कार्यकारणी समितिसँग कुनै सल्लाह नगरी सोनललाई प्रदेश अध्यक्ष बनाएको भन्दै त्यसलाई सच्चाउन इतर समूहले माग गरेको छ । जनता समाजवादी पार्टीबाट विभाजित भएर बनेको लोसपामा तत्कालीन सद्भावना पार्टीका राजेन्द्र महतो, सरद्तसिंह भण्डारी नेतृत्वको समाजवादी पार्टी, अनिल झा नेतृत्वको संघीय सद्भावना र महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) समूह रहेको छ ।

लोसपा निर्वाचन आयोगमा दर्ता भएको ६ महिना नपुग्दै प्रदेश र जिल्ला नेतृत्वमा अध्यक्ष ठाकुरले एलौटी गरेको भन्दै विवाद सुरु भएको हो । पार्टीका प्रदेश २ का संसदीय दलका नेतासमेत रहेका सोनललाई दोहोरो जिम्मेवारी दिएर अध्यक्ष ठाकुरले पार्टीका अन्य नेता तथा कार्यकर्ताको मनोवल गिराएको लोसपाका नेता सञ्जय सिंहको आरोप छ ।

‘पार्टी अध्यक्ष ठाकुर भए पनि पार्टीले कुनै निर्णय गर्दा ३१ सदस्यीय कार्यकारणी समितिको निर्णय मात्रै गर्न सक्ने समहमति भएको थियो,’ नेता सिंहले भने, ‘अध्यक्ष ठाकुरले कार्यकारणी समितिलाई कुनै जानकारी नै नगराई एकलौटीमा रुपमा आफ्ना निकटलाई प्रदेश अध्यक्ष, जिल्ला अध्यक्ष तोक्नु हैकमवादी प्रवृत्ति हो । यो हामीलाई स्वीकार हुँदैन ।’

दुई दिन अघि अध्यक्ष ठाकुरले सोनलाई प्रदेश २ का अध्यक्ष र प्रदेश २ का प्रमुख सचेतक परमेशवर साहलाई धनुषा जिल्ला अध्यक्षमा चयन गरेका थिए । कार्यकारणी समितिको सहमतिमा प्रदेश २ र धनुषामा नयाँ नेतृत्व चयन नगरे आफूहरुले कडा कमद चाल्ने उनले चेतावनी दिए ।

अध्यक्ष ठाकुरले गरेको एकलौटी निर्णयलाई तत्कालीन तमलोपाकाले पनि बिरोध गरेको दाबी गर्दै सिंहले भने, ‘जिल्लाबाट सबै समूहको बैठकले सर्वसहमति रुपले प्रदेश अध्यक्ष र जिल्ला अध्यक्ष परिर्वतन गर्न निर्णय गरेर अध्यक्ष ठाकुरलाई पठाएका छौं । तत्काल सुनवाई भएन भने कडा कदम चाल्ने पनि निर्णय भएको छ ।’

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ८ : ५५ बजे

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर

तीज कार्यक्रम स्थगन : बाढी प्रभावितलाई सहयोग

गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक

एक वर्षअघिको खबरदारी, वर्तमानको विपत्ति

लेखकको उद्देश्य केवल सरकार र सरोकारवाला निकायलाई सचेत गराउनु मात्र

भोटेकोशी बाढी : ९२६ शवको व्यवस्थापन, १८ सय ६२ जनाको डीएनए सङ्कलन

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा