अछाममा मृत भेटिएकी युवतीको हत्या आशंकामा चार जना पक्राउ « Khabarhub

अछाममा मृत भेटिएकी युवतीको हत्या आशंकामा चार जना पक्राउ


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– अछाममा मृत फेला परेकी युवतीको हत्या आरोपमा ४ जना पक्राउ परेका छन् । परिवारले दिएको किटानी जाहेरीको आधारमा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

मंगलसैन नगरपालिका ११ खिमडाकी १६ वर्षीया सृजना भण्डारी शनिबार मृत फेला परेकी थिइन् । मंगलसैन रामारोशन सडकखण्डको खर तोला भन्ने ठाउँमा उनको शव भेटिएको थियो । उनी मंसिर २१ गतेदेखि बेपत्ता भएकी थिइन् ।

शवको आज पोस्टमार्टम गरिएको आफन्तले जनाएका छन् । आफन्तले युवतीको हत्या भएको भन्दै घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ९ : १५ बजे

सिरहामा गोली हानेर युवकको हत्या, प्रहरीले भन्यो- नाकामा सुरक्षा सतर्कता बढाएका छौँ

सिरहा– सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज  अज्ञात व्यक्तिले गोली

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं– काठमाडौँका विभिन्न क्षेत्रमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

शुक्लागण्डकीमा तीन जनाको हत्या अभियोगमा पक्राउ परेका सार्वजनिक

दमौली– जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ मा तीन जनाको हत्या गरेको अभियोगमा

सशस्त्र प्रहरीद्वारा मुक्तिनाथ मन्दिरको हिउँ पन्छायो

मुस्ताङ– मुस्ताङस्थित सशस्त्र प्रहरी बल नेपाल, ३३ नं गुल्मका सशस्त्र