दाङमा ३ लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप | Khabarhub Khabarhub

दाङमा ३ लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा ३ लाख २९ हजार ७ सय ४१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । गएको माघ १४ गतेदेखि खोप लगाउन सुरुभएको दाङमा अहिलेसम्म ३ लाख २९ हजार ७ सय ४१ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय दाङले जानकारी दिएको छ ।

यो संख्या पहिलो डोज लगाउनेको हो । दुवै डोज लगाउनेको संख्या ३४ प्रतिशत अर्थात् एक लाख ४७ हजार ५ सय १७ जना रहेको कार्यालयका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए ।१८ वर्षमाथिका नागरिकले खोप लगाएका छन् । पहिलो डोज लगाउने घोराहीमा ९८ हजार ६ सय ५२, तुलसीपुरमा ८८ हजार ८ सय ४, लमहीमा ३२ हजार ५ सय ३५ जनाले खोप लगाएका छन् ।

बंगलाचुलीमा ६ हजार ५ सय ८, शान्तिनगरमा १५ हजार ७ सय २, बबईमा १४ हजार ५ सय १७, दंगिशरणमा १२ हजार ५ सय ९८, राप्तीमा २५ हजार १ सय ७७, गढवामा २१ हजार ७ सय ८७ जना र राजपुरमा १३ हजार ४ सय ६२ जनाले खोपलगाएको स्वास्थ्य कार्यालयको तथ्यांकमा छ ।

साथै १२ वर्षदेखि १७ वर्षसम्मका दीर्घ रोगीले समेत पहिलो डोज खोप लगाएका छन् । कात्तिक २८ गतेदेखि मंसिर ६ गतेसम्म पहिलो खोपलगाएका दीर्घ रोगीलाई सोमबारदेखि पुस २ गतेसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दोस्रो डोज खोप लगाइने शाहीले जानकारी दिए ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  १० : ३० बजे

समाजमा भ्रम फैलाउने छुट कसैलाई छैन : सञ्चारमन्त्री 

सुर्खेत– सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

काठमाडौं– पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा

के हो खगेन्द्र र दीपेन्द्रको सहकार्यको राज ?

काठमाडौं – फिल्म ‘पशुपतिप्रसाद’ निर्देशक दीपेन्द्र के खनाल र नायक

‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’

काठमाडौं– ‘हिमालयन चितुवा’को नामले परिचित किक बक्सर अविरल घिमिरेले अब