त्रिशूली नदीमा बेलिब्रिज निर्माण « Khabarhub

त्रिशूली नदीमा बेलिब्रिज निर्माण


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- हाकु क्षेत्रका बासिन्दालाई यातायातको पहुँच पुर्‍याउन त्रिशूली नदीमा बेलिब्रिज निर्माण गरिएको छ ।

गोसाइँकुण्ड गाउँपालिका–६ र आमाछोदिङ्मो गाउँपालिका–१ को सीमास्थित  त्रिशूली नदीमा अपर त्रिशूली वान नामक जलविद्युत् आयोजनाले ४० मिटर लामो बेलिब्रिज निर्माण गरेको हो ।

भौगोलिक रुपमा विकट रहेको हाकु क्षेत्रका बासिन्दालाई यातायातको सुविधा पुर्‍याउन मोटरेबल बेलिब्रिज निर्माण गरिएपछि त्यस क्षेत्रका बासिन्दा हर्ष विभोर भएका छन् । सो बेलिब्रिजको भार बहन क्षमता ४० टन रहेको बताइएको छ ।

बेलिब्रिजका लागि आवश्यक पर्ने सामान खरीद तथा जडान एवं ३०० मिटर पहुँच मार्गलगायत संरचना निर्माणका लागि छ करोड ८० लाख खर्च भएको आयोजनाका महाप्रबन्धक गिरीराज अधिकारीले बताए ।

२१६ मेगावाट क्षमताको अपर त्रिशूली वान जलविद्युत् आयोजनाले स्थलगतरूपमा आफ्ना गतिविधि कार्यरम्भ शुरु गर्नुपूर्व नै प्रभावित क्षेत्रमा बेलिब्रिज बनाई समुदायमाझ सम्मान गरेको हो ।

नवनिर्मित बेलिब्रिजले हाकु, नेशिङ एवं लुमराङ क्षेत्रमा बसोबास गर्ने करीब चार–पाँच सय घरपरिवारलाई सवारी साधनमा नियमित ओहोरदोहोर गर्न र आयोजनाको निर्माण सामग्री ढुवानीमा सहज पार्ने आमाछोदिङ्मो गाउँपालिका–१ का वडाध्यक्ष निमा ढिण्डु तामाङले जानकारी दिए ।

स्याफ्रु-मैलुङ अन्तर्राष्ट्रिय राजमार्गबाट सहायक मार्गका रूपमा खोलिएको नौ किमी हाकु ग्रामीण सडक बाह्रै महिना चल्ने स्थानीय बासिन्दाले अपेक्षा राखेका छन् ।

स्थलगतरूपमा कार्यारम्भ गर्नुपूर्व नै पुल निर्माण गरी आयोजनाले गरेको योगदान हाकुवासीमाझ उल्लेखनीय रहेकोसमेत वडाध्यक्ष तामाङले बताए ।

हाकुबेँसीदेखि ठूलोहाकुसम्म मोटर लान पूर्वतयारीका लागि गाउँपालिकामार्फत गत वर्ष खोलिएको ग्रामीण सडकको ट्याक सफा गर्ने कार्यसमेत शुरु भइसकेको वडा नं १ को कार्यालयले जनाएको छ ।

बेलिब्रिज निर्माण एवं  मोटरबाटोको ट्याक खुलेसँगै पुस्तौँदेखिको उकालीओरालीमा बोक्नुपर्ने डोको–नाम्लो अब टुट्ने आशाले गाउँवासी हर्ष विभोर भएको समाजसेवी निमदर्के तामाङले बताए ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  १ : ५५ बजे

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली

शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल

काठमाडौं–  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने

आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँ : मानव अधिकार आयोग

सुदूरपश्चिम– राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन

यस्तो छ देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज

बालेनले गुमाए ‘तेस्रो विकेट’, प्रतिवेदन लुकाएर सुधनलाई हतार-हतार बनाएका थिए फेरि मन्त्री

काठमाडौं– सरकारको नेतृत्व गरेको पाँच महिनामा वालेन्द्र शाह ‘बालेन’को मन्त्रिमण्डलबाट