आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँ : मानव अधिकार आयोग « Khabarhub

आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँ : मानव अधिकार आयोग


२५ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन नरही संवाद सुरु गर्न तथा संकटमा रहेका व्यक्तिलाई सुन्ने, बुझ्ने र सहयोग गर्ने वातावरण निर्माण गर्न आग्रह गरेको छ।

विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आज प्रेस–विज्ञप्ति जारी गर्दै आयोगले आत्महत्या मानसिक स्वास्थ्यको मात्र विषय नभई जीवन, मर्यादा, स्वास्थ्य, सुरक्षा तथा सम्मानपूर्वक बाँच्न पाउने अधिकारसँग सम्बन्धित गम्भीर मानव अधिकारको विषय भएको जनाएको हो ।

आयोगले मानसिक तनाव, चिन्ता तथा निराशा, घरेलु तथा लैङ्गिक हिंसा, दीर्घकालीन मानसिक स्वास्थ्यसम्बन्धी समस्या, आर्थिक समस्या, गरिबी तथा बेरोजगारीलगायतका कारण आत्महत्याका घटना हुने गरेको विभिन्न अध्ययनबाट देखिएको जनाएको छ । 

साथै, आत्महत्या रोकथामलाई मानसिक स्वास्थ्यको सीमित विषयका रूपमा मात्र नहेरी व्यक्तिको जीवन र मर्यादाको अधिकारसँग जोडेर सम्बोधन गर्नुपर्नेमा आयोगले जोड दिएको छ ।

संकटमा रहेका व्यक्तिलाई सुन्ने, बुझ्ने र सहयोग गर्ने वातावरण निर्माण गर्न तथा आत्महत्याको प्रयास गरेका व्यक्ति र आफन्त गुमाएका परिवारलाई दोष लगाउने, लाञ्छना लगाउने वा सामाजिक बहिष्करण गर्ने कार्य अन्त्य गर्न आयोगले सरकार तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।

यस्तै, आत्महत्याको जोखिममा रहेका व्यक्तिलाई सम्मान, गोपनीयता, भेदभावरहित व्यवहार र आवश्यक सहयोग उपलब्ध गराउन आयोगले आग्रह गरेको छ । विश्व आत्महत्या रोकथाम दिवस हरेक वर्ष सेप्टेम्बर १० तारिखमा मनाइन्छ । यस वर्ष सन् २०२६ का लागि ‘संवाद सुरु गरौँ’ भन्ने नारा तय गरिएको छ ।

प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार  ७ : २७ बजे

बालबालिका, गर्भवती र सुत्केरी महिलालाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण

कोप–३१ का लागि नेपालको पोजिसन पेपर तयार : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्र संघीय

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य