शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल « Khabarhub

शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने मन्त्रीहरूसँग छलफल गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफल कार्यक्रममा शिक्षा तथा खेलकुद क्षेत्रमा सङ्घ र प्रदेश सरकारबीच सहकार्य तथा समन्वय थप मजबुत बनाउने विषयमा छलफल भएको थियो । 

त्यसैगरी, छलफलमा १०औँ राष्ट्रिय खेलकुदको आयोजना, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम विधेयक, विपद्का समयमा सहकार्य तथा अन्तरसरकार समन्वय लगायतका विषयमा विचार–विमर्श भएको थियो । 

१०औँ राष्ट्रिय खेलकुद निर्धारित समयमै सम्पन्न गर्ने, टिभेट विधेयक आपसी छलफलबाट टुङ्ग्याउने तथा प्राविधिक शिक्षालाई थप विकेन्द्रीकृत र पहुँचयोग्य बनाउने प्रतिबद्धता व्यक्त गरियो ।

कार्यक्रममा शिक्षामन्त्री पोखरेलले सङ्घीय सरकार प्रदेश सरकारसँग मिलेर काम गर्न चाहेको बताउँदै शिक्षा र खेलकुदका क्षेत्रमा दुवै तहका सरकारबीच सहकार्य र समन्वय बढाउनुपर्नेमा जोड दिए । मन्त्री पोखरेलले विद्यालय शिक्षा ऐन मन्त्रालयको प्राथमिकतामा रहेको भन्दै उक्त ऐनमा तीन तहका सरकारको अधिकार क्षेत्रको स्पष्टता तथा छुटेका विषयलाई समावेश गराएर ऐनलाई थप समृद्ध बनाइने विश्वास व्यक्त गरे।

‘विद्यालय शिक्षा ऐनलाई प्राथमिकतामा राखेका छौँ, पहिलाको विधेयकमा कति कुरा छुटेकाले पनि अहिले देशभर सबै सरोकारवालाहरुसँग छलफल गरी रायसुझावका आधारमा अगाडि बढाइएको छ । दीर्घकालीन रुपमा होस् भनेर विषयवस्तु सम्बोधन गर्दा केही समय लागेको हो,’ मन्त्री पोखरेलले भने।

मन्त्री पोखरेलले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य, सभ्य रुपमा प्रभावकारी बनाउन तीन तहका सरकारबीच बलियो समन्वय र सहकार्य जरुरी भएको उल्लेख भने। उनले खेल क्षेत्रको विकास तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सीमित स्रोत र साधनको अधिकतम उपयोग गर्दै खेलाडीहरूलाई प्रोत्साहन गरिने बताए।

कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री गीता तिम्सिनाले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्रभावकारी ढङ्गले सञ्चालन गरिनुपर्नेमा जोड दिए । साथै तीन तहका सरकार मिलेर सिर्जनशील र दूरदर्शी योजना बनाएर जानुपर्ने उनको भनाइ थियो । 

मधेस प्रदेश सरकारका खेलकुद तथा समाजकल्याणमन्त्री लखन दास तत्माले शिक्षा प्रभावकारी नभएसम्म देश समृद्ध हुन सक्दैन भन्दै शिक्षा र खेलकुद क्षेत्रका विकासका लागि तीन तहका सरकारबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।

त्यसैगरी, कार्यक्रममा बाग्मती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ, लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरे, सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री सन्तोषकुमारी शर्मा (थापा) र कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले पनि शिक्षा तथा खेलकुद क्षेत्रमा सङ्घ र प्रदेश सरकारबीच सहकार्य तथा समन्वय थप प्रभावकारी बनाउनुपर्ने धारणा राखे।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य रेशु अर्याल ढुङ्गानाले शिक्षा र खेलकुद क्षेत्रको विकासका लागि लगानी बढाइनुपर्नेमा जोड दिए । उनले सबैखाले विपद् व्यवस्थापनका लागि केन्द्रदेखि प्रदेश र पालिकास्तरसम्म प्रभावकारी समन्वय जरुरी भएको उल्लेख गरे। 

शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलले बाढी प्रभावित बालबालिकाको शिक्षा निरन्तरता र गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि तीन तहका सरकारको समन्वय बलियो बनाइनुपर्नेमा जोड दिए । मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईले छलफलको सहजीकरण गरेका थिए ।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना, गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मी पाण्डेले बाढी प्रभावित क्षेत्रका बालबालिकाको शिक्षा निरन्तरताका लागि तीन तहका सरकारबीच सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  ७ : ३६ बजे

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका

बाढीपीडितलाई नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेको राहत

रसुवा- नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली

शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल

काठमाडौं–  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने