केशव दाहालको संयोजकत्वमा विवेकशील साझाले बनायो  राजनीतिक संवाद समिति « Khabarhub

केशव दाहालको संयोजकत्वमा विवेकशील साझाले बनायो  राजनीतिक संवाद समिति


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विवेकशील साझा पार्टीले विभिन्न दल, समूह, अभियान र व्यक्तिसँग सम्भावित एकता, सम्मिलन र सहकार्यको अन्वेषण तथा वार्ता गर्न राजनीतिक संवाद समिति गठन गरेको छ ।

पार्टी केन्द्रीय समितिको बैठकले नेतृत्वमा पुगेर सुसंस्कार र सुशासनद्वारा देश रूपान्तरणको लक्ष्य हासिल गर्न पार्टीको आकार र सामथ्र्यमा व्यापक वृद्धि गर्नुपर्ने निष्कर्षका साथ समिति गठन गरेको  जनाइएको छ ।

पार्टी केन्द्रीय सदस्य केशव दाहालका संयोजकत्वमा गठित  समितिमा केन्द्रीय सदस्य रमेश पौड्याल, समीक्षा बाँस्कोटा, अनुपमान सैँजु, रञ्जु दर्शना र पुकार बम सदस्य रहेको पार्टी प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।

समितिका संयोजक दाहालले समितिले आफ्नातर्फबाट लिने अग्रसरताका साथै  आफ्नो पार्टीसँग मिलेर अघि बढ्न चाहने दल, समूह, अभियान र व्यक्तिलाई समितिसँग सम्पर्क गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  २ : २५ बजे

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली

शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल

काठमाडौं–  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने

आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँ : मानव अधिकार आयोग

सुदूरपश्चिम– राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन

यस्तो छ देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज

बालेनले गुमाए ‘तेस्रो विकेट’, प्रतिवेदन लुकाएर सुधनलाई हतार-हतार बनाएका थिए फेरि मन्त्री

काठमाडौं– सरकारको नेतृत्व गरेको पाँच महिनामा वालेन्द्र शाह ‘बालेन’को मन्त्रिमण्डलबाट