निर्वाचन आयोगलाई प्रचण्डको चेतावनी- चुनाव चिह्न नपाए ‘आँधिहुरी’ आउँछ « Khabarhub

निर्वाचन आयोगलाई प्रचण्डको चेतावनी- चुनाव चिह्न नपाए ‘आँधिहुरी’ आउँछ


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले चुनाव चिह्न आफ्नो पक्षलाई नदिए ‘आँधिहुरी’ आउने चेतावनी दिएका छन् ।

बुधबार नेकपाको आफ्नो गुटको काठमाडौं जिल्लास्तरीय भेलालाई प्रज्ञाप्रतिष्ठानमा सम्बोधन गर्दै दाहालले निर्वाचन आयोगले विधिसम्मत आफूहरुकै पक्षलाई चुनाव चिह्न दिन मिल्ने अवस्था रहेको पनि बताए ।

‘हाम्रो पार्टीको नाम र चुनाव चिह्न हाम्रै हुनेछ, म यो विश्वास तपाइलाई दिलाउन चाहन्छु, यदि त्यसो भएन भने यहाँ ‘कयामत’ आउँछ भन्छन् नी हो आँधिहुरी बतास आउँनेछ ।’

दलसम्बन्धी ऐनमा जोसँग ५० प्रतिशतभन्दा बढी केन्द्रीय समितिको संख्या हुन्छ त्यही पार्टी आधिकारीक पार्टी हुने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको मुटुमा छुरा चलाएझैं अरू कुनै संवैधानिक निकायले त्यस्तो गरेमा नेपाली जनता हेरेर नबस्ने पनि उनले चेतावनी दिएका छन् ।

पार्टी एकता गर्दा हतरपतर नभई विचारमा पर्याप्त संवेदनशीलता देखाएको पनि उनले दाबी गरे ।

प्रधानमन्त्री ओलीलाई कटाक्ष गर्दै दाहालले भने, ‘कतिपय नेताहरु पोलिटिकल जोक्कर जसरी प्रस्तुत हुन थालेका छन्, यो विक्षिप्त मानसिकताको उपज हो कि भनेर किन प्रश्न नगर्ने ?’

दाहालले आफ्नो पक्षको भेलाहरू कुनै पनि प्रहसन, उखानटुक्का र उत्तेजित बनाउनका लागि नभएको पनि प्रष्ट्याए ।

‘हामी यहाँ कुनै प्रहसन गर्न, उखानटुक्का भन्न, उत्तेजित भाषण गर्न उपस्थित भएको होइन । मुलुक गम्भीर संकटमा परेको र त्यसको उद्धारका लागि एकजुट भएका छौँ।’

ओलीले असंवैधानिक कदम चालेर मुलुकलाई संकटमा धकेलेकाले त्यसको प्रतिवादमा उत्रन परेको उनले बताए ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ३ : ५८ बजे

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली

शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल

काठमाडौं–  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने

आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँ : मानव अधिकार आयोग

सुदूरपश्चिम– राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन

यस्तो छ देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज

बालेनले गुमाए ‘तेस्रो विकेट’, प्रतिवेदन लुकाएर सुधनलाई हतार-हतार बनाएका थिए फेरि मन्त्री

काठमाडौं– सरकारको नेतृत्व गरेको पाँच महिनामा वालेन्द्र शाह ‘बालेन’को मन्त्रिमण्डलबाट